Techie IT
शुक्रबार, जेठ ३,२०८२

नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु


काठमाडौं, २ जेठ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ ।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछन् । चीन, भारत लगायत मुलुकका उच्च तहका व्यक्तिहरु नेपाल आइसकेका छन् ।

संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सगरमाथा संवाद’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Mostly Cloudy
5:12 am6:47 pm +0545