त्रीरत्न आवासीय विद्यालय, स्वयम्भूमा एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न

काठमाडौं – बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै त्रीरत्न आवासीय विद्यालय,पद्म बज्र मार्ग किम्डोल स्वयम्भूमा एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ।
युनाइटेड नेचर इन्टरनेसनल पिस र बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा समाज डेन्टल अस्पताल, सीतापाइलाले प्राविधिक सहयोग प्रदान गरेको थियो। शिविरमा विद्यालयका करिब ४५० जना विद्यार्थीहरू सहित शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको पनि दन्त परीक्षण गरिएको थियो।
कार्यक्रमको उद्देश्य बालबालिकाहरुलाई सानैदेखि दन्त स्वास्थ्यप्रति सचेत गराउनु, नियमित जाँचको महत्व बुझाउनु र कुनै दन्तसम्बन्धी समस्या पहिचान गरि तत्काल समाधान गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
समाज डेन्टल अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले सहभागी सबैको दाँतको जाँच गरी आवश्यक परामर्श र उपचार सिफारिस गरेका थिए। केही विद्यार्थीमा किराले लागेका दाँत, गिजाको समस्या, नियमित ब्रस नगर्ने बानी आदि देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्। यसै क्रममा दाँत सफा गर्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने कुराहरु र दैनिक जीवनशैलीमा अपनाउनु पर्ने दन्त स्वच्छताको अभ्यासबारे समेत प्रशिक्षण दिइएको थियो।
विद्यालयका प्रधानाध्यापक विद्यालयका प्रिन्सिपल भिक्षु डा. राजु लामा कोन्दनले यस्तो खालको स्वास्थ्य शिविरले विद्यार्थी तथा शिक्षकहरूमा स्वास्थ्यप्रतिको सजगता बढाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता शिविरको निरन्तरता आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा युनाइटेड नेचर इन्टरनेसनल पिस तथा बालबालीका वास्ता नेपालका प्रतिनिधिहरूले बालबालिकाको समग्र स्वास्थ्य र विकासका लागि विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको र विद्यालयस्तरमा पुगेर प्रत्यक्ष लाभ दिने यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी गराए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्