नूनको आपूर्ति व्यवस्थापन निजीकरण गर्ने सरकारी तयारीप्रति आपत्ति

काठमाण्डौ, | नूनको आपूर्ति व्यवस्थापन निजी क्षेत्रलाई खुला गर्ने सरकारले तयारी गरिरहेको भन्ने समाचारप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय सदस्य एवं प्रमुख आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले आम उपभोक्ताको स्वास्थ्य र आर्थिक अवस्था दुवैमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।
बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकार आफैंले विगत लामो समयदेखि गुणस्तरीय आयोडिनयुक्त नूनको आयात, आपूर्ति र वितरण गर्दै आएको छ। देशका ९६ प्रतिशत जनताले सुपथ मूल्यमा नून प्राप्त गर्दै आएको अवस्थामा यसलाई निजीकरण गर्नु आम नागरिकविरुद्धको कदम हुनेछ।”
सरकार र दुई ठूला दलबीचको गठबन्धनका आधारमा जनताले सुशासन, महँगी नियन्त्रण र व्यवस्थित बजारको अपेक्षा राखेको स्मरण गराउँदै बरालले पछिल्लो समयमा महँगी, भ्रष्टाचार र बजारको अव्यवस्थाले ती प्रतिबद्धता विपरीतको अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
उनले बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक बढिरहेको, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणमा नआएको र बजार अनुशासित हुन नसकेको गुनासोहरू बढ्दै गएको उल्लेख गरेका छन्। साथै, सन्दर्भ मूल्यका आधारमा भन्सार शुल्क लगाउने प्रचलनका कारण अन्तर्राष्ट्रिय र स्थानीय बजार मूल्यमा ठूलो अन्तर आएको र यसले तस्करी, न्यून बिजकिरणजस्ता समस्या सिर्जना गरिरहेको बताउँदै तत्काल सुधारका लागि आगामी बजेटमै व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बरालले आयातमा सहजीकरण र दैनिक उपभोग्य वस्तुहरूमा करका दरमा सहुलियत दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा निर्णय गर्दा जनताको हितलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
सरकारको यस्तो निर्णयले आम नागरिकको जीवन झन कठिन बनाउने र राज्यप्रति नकारात्मक भावना थप बढाउने चेतावनी उनले दिएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्