Techie IT
बुधबार, असार २५,२०८२

तारकेश्वर नगर चेम्बर अफ कमर्शद्धारा कोरोना राहात कोषमा डेढलाख सहयोग


पुकार तिमलसिना

तारकेश्वर काठमाडौ । तारकेश्वरभित्रका व्यापारिक उद्यमीहरूको सङ्गठन तारकेश्वर नगर चेम्बर अफ कमर्शद्धारा तारकेश्वर नगरपालिकालाई १,५१,१११ रुपैया नगद सहयोग तथा स्वास्थ सामाग्री प्रदान गरेको छ ।

कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको तारकेश्वर नगरस्तरीय कोरोना कोषमा सो रकम हस्तान्तरण गरिएको तारकेश्वर नगर चेम्बर अफ कमर्शका सचिब दिनेश प्रधानले साझापाना अनलाइन मिडियालाई बताए ।

यसै गरि तारकेश्वर नगरपालिका भित्रका ५ वडा र १६ नं वडाको गरि ६ वटा प्रहरी चौकीलाई १००–१०० थान माक्र्स , पन्जा र १ लिटर स्यानिटाइजर समेत प्रदान गरिएको कर्मशका अध्यक्ष राम प्रसाद मर्हजनले बताए ।

सो अवसरमा नगर चिम्बर अफ कर्मशका पदाधिकारीहरु , तारकेश्वरका उपमेयर , पत्रकार , जनप्रतिनिधि एवं नेपाल चेम्बर अर्फ कर्मशका केन्द्रिय सदस्य एवं बागमति प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठको उपस्थिती रहेको थियो ।

केन्द्रिय सदस्य एवं बागमति प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले तारकेश्वर नगरपालिका र चेम्बर बिच सहकार्य गरि अगाडी बढ्न जोड दिएका थिए ।

कोरोना भाइरसका कारण दुई छाक टार्न समस्यामा परेका परिवारलाई राहात वितरण एउटै मापदण्डबाट गर्नका लागि नगरपाकिलाले आफू खुशी राहात वितरणलाई प्रतिबन्ध गरेको हो । विभिन्न संघ सस्था तथा व्यक्तिले आफू खुशी राहात वितरण गर्दा पाउनुपर्नेले राहात नपाउने तथा एकै स्थानमा धेरैको सहयोग पुग्ने भएकाले नगरभित्र एउटै प्रकारले राहात वितरण गर्न नगरपालिकाले यस्तो नियम बनाएको नगर प्रमुख रामेश्वर बोहोराले बताए ।

कसैलाई सहयोग गर्ने इच्छा भएमा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले बनाएको मापदण्डमा बसेर राहत वितरण गर्नुपर्ने छ । सहयोगी मनका धनीहरुले सहयोग गर्नकालागि नगरपालिकाले आग्रह गरेको  मेयर बोहोराले बताए ।

नगरभित्र मजदुरी गरेर खाने १४ सय ५६ परिवारमा पहिलो चरणको राहात वितरण सम्पन्न भएको छ , र सहयोगी संस्था तारकेश्वर नगर चिम्बर अफ कर्मश प्रति हार्दिक आभार सहित धन्यबाद ज्ञापन गरिएको र आगामी दिनमा  चेम्बर अफ कमर्श संग सहकार्य गरि अघि बढ्ने मेयर बोहराले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगर चिम्बरअफ कर्मश, #दिनेश प्रधान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545