रिर्पोटिङ सकेर घर फर्किँदै गरेका पत्रकारमाथि बालाजु प्रहरीको दुर्व्यवहार

काठमाण्डौ, ११ बैशाख । पत्रकार जि.पि.पौडेल माथी प्रहरीले दुव्र्यबहार गरेको छ । लकडाउनको रिर्पोटिङ गरेर घर फर्किदै गरेका पत्रकार पौडेलमाथि (बुधबार) सांझ बनस्थली खरिबोटमा चिया खाइरहेको बेला पसल बाहिर बोलाई बालाजु बृतका इन्सपेक्टर अनन्त कार्की र अर्का एक जवानले उनिमाथी दुव्र्यवहार गरेका हुन् ।
“मलाई बाहिर बोलाएर पत्रकारको कार्ड मागियो, घाँटीमै भिरेको प्रेस कार्ड देखाँए, प्रेस ज्याकेट पनि लगाएको थिए” पत्रकार पौडेलले भने ।
चिया खाएर बस्दा पनि किन ज्याकेट लगाएको ‘खोलेर बस’ भन्दै प्रहरी जवानले ज्याकेट जर्वजस्ती तानेर खोलिदिए, त्यसैक्रममा इन्सपेक्टर कार्कीले “म बर्दिमा छु, ‘धेरै नबोल’ फेरी गाडीमा जाक्दिन्छु” भन्दै अभ्रद र असभ्य भाषा प्रयोग गरेको पिडित पत्रकार पौडेलले जानकारी दिए ।
अन्य स्थानियहरु पनि घटनास्थलमा जम्मा भएपछि मलाई केहि नबोल्नु भन्दै आफुँलाई भित्र लगेकोले अरु थप घटना हुन नपाएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले भने ‘आफुँ र पत्रकारिता जगतमाथि नियोजित रुपमा प्रहरी प्रशासन जाईलाग्यो’ ।
उक्त चिया पसल भन्दा करिव ४० मिटर पर २०० जना भन्दा बढि जमघट र भिडभाड गराएर लकडाउन बिपरित खाना खुवाइएको थियो ।
पत्रकार पौडेल माथीको दुव्र्यवहारको बिषयमा बालाजु बृतका प्रमुख रंजित सिंह राठौरसंग कुराकानी गर्दा घटनाको बारेमा आफुँलाई जानकारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
देशको संक्रमणकालिन बिषम परिस्थितीमा रिर्पोटिङमा खटिएर घर फर्किरहेका पत्रकारमाथी प्रहरीले सहयोग गर्नुको सट्टा उल्टो दुव्र्यवहारको घटना प्रति साझाडबली डट कम घोर भर्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरेको छ । साथै यस्ता किसीमका घटना पटक पटक बढिरहेकोले समाजमा प्रहरी प्रतिको विश्वास र काम कारबाहीमाथी समेत प्रश्न उठ्न थालेको छ । पत्रकार पौडेल साझाडबली डट कम का प्रधान सम्पादक हुन ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारमाथि बालाजु प्रहरीको दुर्व्यवहार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्