Techie IT
आईतबार, चैत्र ९,२०८१

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घद्वारा राहत


ललितपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता सङ्गठन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले ललितपुरमा रहेका छ वटै स्थानीय तहलाई राहतस्वरुप रकम हस्तान्तरण गरेको छ ।

विश्वभर कोरोना भाइरसले आक्रान्त पारेर मुलुक बन्दाबन्दी भएको अवस्थामा यहाँ दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अन्धाअपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी सङ्घले केही रकम यहाँका स्थानीय तहलाई सहयोग गरेको हो ।

ललितपुरमा रहेका बचत तथा ऋण सहकारीको तर्फबाट महानगरपालिकालाई रु एक लाख, गोदावरी र महालक्ष्मी नगरपालिकालाई रु ७५/७५ हजार र तीन वटा गाउँपालिकालाई रु ४०/४० हजारका दरले कूल रु तीन लाख ७० हजार सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष रामहरी बजगाईँँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्व कोरोनाले बलिरहेको अवस्थामा अहिले सहयोग नगरे कहिले गर्ने भन्ने उद्देश्यका साथ अघि बढेका हाँै । साहराविहीन जनताले यस समयमा सहकारीको सहकार्य खोज्छन् ।” ललितपुरमा सबै प्रकृतिका सहकारी सङ्ख्या एक हजार १०० माथि रहेका छन् ।

यसमा ५१८ बचत तथा ऋण सहकारी संस्था मात्र रहेका बजगाईँले बताउनुभयो । यसैगरी ललितपुरका १० देखि १५ वटा सहकारी मिलेर ३५ देखि चार हजार मास्क, ५० बट्टा स्यानिटाइजर, १०० बढी मानिसको सहभागितामा १०० पिन्ट रगत सङ्कलन र यहाँभित्रका कृषि सहकारी संस्थामार्फत छुट्टै ५०० देखि ६०० बोटबिरुवा गाउँपालिकाका जनतालाई वितरण गरिसकेको बजगाईँले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक विसं २०१३ चैत २० गते चितवन जिल्लाको शारदानगरमा बाढी पीडित जनताको सहयोगका लागि बखान बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको थियो । यसै सहकारीको माध्यमबाट नेपालमा सहकार्य बढाउनुपर्छ भन्ने भावनाले हाल मुलुकमा कूल ३४ हजार ७३७ सहकारी संस्था रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545