उर्जामन्त्रीको पहलमा संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण

खाँदबारी (संखुवासभा), २९ माघ । पूर्वको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण गरिएको छ ।
संसारको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरमा क्षेत्रमा अरुण नदीले क्षति पु¥याएपछि त्यसको संरक्षणका लागि बाँध निर्माण गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा सिंचाई विभागले उक्त धाम संरक्षणका लागि आवश्यक वजेट विनियोजन गरेसँगै संरक्षणको कामले गति लिएको हो । विगत तीन वर्षदेखि सप्तकोशी नदीको मुख्य सहायक नदीको रुपमा रहेको अरुण नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गरि मनकामना धाम तर्फको क्षेत्र कटान गर्दै आएको थियो ।
उक्त कटानका कारण सम्पूर्ण मनकामना धाम तथा ज्येष्ठ नागरिक आवास क्षेत्र समेतमा गम्भीर क्षति पुग्ने अवस्था सिर्जना भएको थियो । यसै हिँउद याममा मनकामना धाम क्षेत्र तटबन्धन गरी संरक्षण नगरेमा मनकामना धामको ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पूर्ण संरचनाहरु नदी कटानका कारण क्षति हुने अवस्था थियो ।
उक्त धामको संरक्षणको काम हाल अन्तिम चरणमा पुगेको र तटबन्धन निर्माणका लागि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको सचिवालयले आवश्यक समन्वयको कार्य गरिरहेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ९ तुम्लिङटारको उत्तरी क्षेत्रमा अवस्थित उक्त धाममा एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मन्दिरमा दर्शन गर्नाले मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ । गोरखाको मनकामनाजस्तै संखुवासभा पूर्वको मनकामना धामको रुपमा प्रख्यात छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अरुण नदि, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #तटबन्ध निर्माण, #मनकामना धाम, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्