Techie IT
सोमबार, चैत्र १०,२०८१

टोखा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु


काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भएको छ। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्।

प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उपस्थित हुनुहुन्थ्यो।

साथै, कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर प्रवक्ता बच्चुराज बस्याल, नगर खेलकुद समिति संयोजक नरोत्तम राना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, तिलिङटार माविका प्रधानाध्यापक सरोज पाण्डे, नगरपालिकाका कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर प्रमुख अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले पनि युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।

टोखा नगरपालिकाले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिता नगरभित्रका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम बनेको छ। प्रतियोगिता अन्तर्गत विभिन्न एथलेटिक्स र खेलकुद प्रतिस्पर्धा सञ्चालन गरिने छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545