संखुवासभामा आईतबारबाट एचपीभी खोप सुरु (फोटो फिचर)
एचपीभी खोप अभियान
खाँदबारी । हिमाली जिल्ला संखुवासभामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आईतबारबाट सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तहका अधिकांश विद्यालय जाडोका कारण बन्द भएकाले खोप अभियान आईतबारबाट सुरु गरिएको हो ।

संखुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका एकहजार तीनसय त्रिहत्तर किशोरी छन् । संखुवासभामा १४४ विद्यालयका २७६ स्थानमा खोपकेन्द्र तय गरिएको छ ।

चिसोका कारण भोटखोला १, २ र ३ वडामा फागुन १८ देखि २० सम्म सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए । उनका अनुसार भोटखोलामा चिसोका कारण विद्यालय बन्द छ ।

विकट र भौगोलिक अवश्याले खोप अभियान सारिएको स्वास्थ्य प्रमुख नारदमुनी सुवेदीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एचपीभी खोप सुरु, #जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभा, #पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप, #फोटो फिचर, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्