ज्वत्साना साउदबाट त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई राहत वितरण

काठमाडौं । हिन्दु महासंघकी केन्द्रीय महासचिव तथा समाजसेवी ज्वत्साना साउदले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी छिन् ।
साउदले बाजुरासहित वरपरका दुर्गमा जिल्लाबाट कीर्तिपुर आएर पढ्दै गरेका विद्यार्थीलाई दैनिक जीवन धान्न समस्या परेकाले राहत उपलव्ध गराइएको बताइन् ।
\विश्वविद्यालयका नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष श्यामचन्द्र अधिकारीले विद्यार्थीहरुलाई समस्या पर्दै गरेका बेला साउदको सहयोग उदाहरणीय भएको बताए । अधिकारीले विद्यार्थीको सहयोगका लागि अन्य संघसंस्थासँग पनि समन्वय गरिने र राहतका कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाएका छन् ।
साउदले विश्वविद्यालयमा अध्ययनरत ५० जना भन्दा बढी विद्यार्थीलाई ५ केजी , चामल, १ प्याकेट तेल, १ केजी नुन, १ केजी दाल, आलु, बिस्कुटलगायतका सामग्री उपलव्ध गराएकी हुन् । साउदको पहलमा होस्टे हैंसे एण्ड ग्लोबल कम्प्याक्ट नेपालले सहयोग सामग्री उपलव्ध गराएको थियो ।
त्यसैगरी कीर्तिपुरकै छात्रावासमा रहेका २० जनालाई पनि सोही परिणाममा राहत वितरण गरिएको नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना केसीले बताइन् ।
युवा व्यवसायी साहिल सिंह र नेतृ केसीले पनि यो राहत वितरणमा समन्वय गरेका थिए । नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना खत्रीले खाद्य सामग्रीको अभावमा विद्यार्थीहरु संकटमा परेको अवस्थामा समाजसेवी साउदले गरेको सहयोग स्मरणीय रहेको बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई राहत वितरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्