Techie IT
आईतबार, चैत्र ९,२०८१

सनसिटी अपार्टमेन्टका ३०० को नमूना परीक्षण रिपोर्ट नेगेटिभ, खुशियालीमा नाचगान


काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लगका २४६ बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)को रिपोर्ट नेगेटिभ आएको छ ।

सबैको रिपोर्ट नेगेटिभ आएको खुशियालीमा अहिले अपार्टमेन्ट परिसरमा नमूना दिएकाहरुले खुशियालीमा घण्टी बजाउँदै र गीत लगाउँदै नाचगान गरिरहेका छन् ।

अपार्टमेन्टको ‘ए’ ब्लगको १५ औं तलामा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो ब्लकका सबैको आरडिटी विधिबाट नमूना परीक्षण गरिएको थियो ।

सो क्रममा करिब ३०० को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #सनसिटी अपार्टमेन्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545