रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी

रूपन्देही । रवि लामछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी भएको छ ।
अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जवाफी बहस सकिएसँगै न्यायाधीश आदेशकाे तयारीमा रहेकाे नेपाल प्रेसलाई बताए ।
रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आदेशको तयारी, #रविको मुद्दामा थुनछेक बहस सकियो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्