पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन
पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ । गए राती १:०० बजे आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । न्यौपाने मुटु सम्बन्धी रोगबाट ग्रसित थिए ।
तुलसी प्रसाद न्यौपानेको जन्म गोर्खा जिल्ला स्थित पालुङटारमा भएको थियो । तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएका न्यौपानेले अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । अर्थ मन्त्रालय रहदा उनले बढि जसो समय वैदेशिक शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसो त न्यौपानेले एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए ।
महादेशिय यात्रा, बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु रचना गर्दै न्यौपानेले नेपाली साहित्यको भण्डार भर्ने कार्य पनि गरेका छन् । न्यौपानेद्वारा लिखित यात्रा संस्मरण महादेशिय यात्राले नेपाली साहित्य फाँटमा उच्च स्थान अोगटेको छ ।
साथै, उनको लेखन कला, शिल्प र शैलीका कारण उनका हरेक सिर्जनाहरु पठनिय रहने गरेका छन् । उनी गोर्खा सर्जक समाजको अध्यक्ष समेत हुन । साथै, उनले रोटरी इन्टरनेशनल र लायन्स क्लबमा आवद्ध रहदै महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनलाई सामाजिक चेतका धनी ब्यक्तिका रुपमा लिने गरिन्छ ।
हाम्रो भन्दा राम्रो र असल मानिस् बन्नुपर्छ भन्ने भाव उनमा निहित थियो । स्वर्गिय न्यौपानेका एक छोरा, एक छोरी, बुहारी र तीन नाती नातिना छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तुलसी प्रसाद न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्