सर्लाहीको लालबन्दी स्थित विभिन्न संघसंस्थाद्वारा राहत वितरण

विश्वभर संक्रमण फैलाइरहेको कोरोना भाइरसले (कोभिड-१९) गर्दा मुलुक अहिले चैत्र ११ गतेबाट लकडाउनको स्थितीमा छ। जसका कारण अति बिपन्न तथा दैनिक ज्यालादारी गरि छाकटार्ने श्रमिकवर्गलाई भने निकै समस्या परिरहेको छ ।
यस्तो अवस्थामा सर्लाहीको लालबन्दी स्थित विभिन्न संघसंस्थाद्वारा समस्यामा परेका यस्ता बर्गको सहि पहिचान गरि राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। यसरी राहत वितरण कार्यक्रम लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्मा,लायन्स क्लब अफ सिटिका संस्थापक अध्यक्ष दिपेन्द्र अधिकारी,उधोग बाणिज्य संघ,लालबन्दीका अध्यक्ष कल्याण जोशी, पौरखी सहकारीका अध्यक्ष सालिकराम लम्साल,समाजसेवी तथा यूवानेता राकेश ढुंगेल,सर्लाही टिभि घरका प्रोप्राइटर सुभास दाहाल ,तिर्थरमण राइस् मिल र आशिर्वाद किराना पसलका कैलाश साह लगाएतको सक्रियतामा सम्पन्न भएको हो।
काेराेना (काेभिड-१९)काे सामना गरिरहेकाे वर्तमान संकटकालिन अवस्थामा अत्यन्तै विपन्न परिवार ,अपाङ्ग,वृद्व,असक्त र दैनिक ज्यालादारी गरि हातमुख जाेडन समेत कठिनाई भईरहेका लगभग २०० घरपरिवारलाई राहतस्वरुप १५ केजी चामल र १ केजी नुन वितरण गरिएको लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्माले बताउनुभयो ।
सहयोगी हात र मन भएका यी विभिन्न संघसंस्थाले यस अघि पनि आफैंले मास्क उत्पादन गरि वितरण गर्ने र विभिन्न ठाँउमा सावुनपानीले हातधुने व्यवस्था लगाएत पोस्टर पम्प्लेट प्रयोगगरि जनचेतना फैलाउने कार्यपनि सम्पन्न गरिसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #राहत वितरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्