Techie IT
शुक्रबार, फागुन २,२०८१

नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक


पुष्कर बस्नेत

काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । दिवंगत राणा लामो समयदेखि अस्वस्थ्य भई उपचारत हुनुहुन्थ्यो । उहाँ ८२ वर्षकी हुनुहुन्थ्यो ।

 

दिवंगत राणाकी दुई छोरा र दुई छोरी छन् । छोराहरु अशोक शम्सेर जबरा (कार्यकारी प्रमुख हिमालय बैंक) र अमर शम्सेर जबरा छन् । त्यस्तै, छोरीहरु प्रतिमा पाण्डे र संगीता थापा रहेका छन् ।

 

दिवंगत राणाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि थापाथलीस्थित निवासमा राखिएको छ । उहाँको आजै ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शोकको यस घडीमा दृष्टि परिवार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गदछौं।


क्याटेगोरी : समाचार
ट्याग : #हिमालयशम्सेर जबरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545