बूढानीलकण्ठमा कोसेली घर निर्माण गरिने
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बूढानीलकण्ठ नगरपालिकाले कोसेली घर निर्माण गर्ने भएको छ । नगर क्षेत्रभित्र उत्पादन भएका पहिचान झल्कने खालका वस्तुको बिक्री वितरणका लागि कोसेली घरको निर्माण गर्ने जनाएको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइने उद्देश्यले कोसेली घरको निर्माण गरिने नगरउपप्रमुख रमादेवी राईले बताउनुभयो ।
उक्त घरको निर्माणले स्थानीस्तरमा उत्पादन भएका घरेलु सामग्रीको बिक्री वितरण गरेर घरेलु तथा साना उद्यामीको जीवनस्तरमा परिर्वतन ल्याउन यसले मुख्य भूमिका खेल्ने औँल्याइएको छ ।
कोसेली घरमा नगरपालिकामा स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका सुइटर, झोला, हस्तकला, काष्ठकलालगायत विभिन्न सामग्री, गिफ्टका सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिने नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताउनुभयो । उक्त कोसेली घर नगरपालिकाको वडा नंं २ र १० मा निर्माण गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोसेली घर निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्