सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल

काठमाडौँ, २३ मङ्सिर । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल चयन हुनुभएको छ ।
सङ्घको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष धरेल सोफा हवका सञ्चालक हुनुहुन्छ ।
यस्तै, सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल र कोषाध्यक्षमा महेशराज थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्थ, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै हुनुभएको छ ।
विस २०७९ सालमा स्थापना भएको उक्त संङ्घमा हाल चार दर्जनभन्दा बढी सोफा उत्पादक कम्पनी आवद्ध छन् । नेपालमा विस २०३६ सालदेखि सोफा उत्पादन सुरु गरिएपनि हालसम्म पनि विदेशबाट आयत गरिएको सोफा विभिन्न कार्यालयमा प्रयोग हुँदै आएका छन् ।
हाल काठमाडौँ उपत्यकाभित्र १०० र देशभर दुईसय भन्दा बढी सोफा कम्पनी रहेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले प्रतक्ष्य रोजगारी पाएको संघले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्