Techie IT
शुक्रबार, फागुन २,२०८१

वर्तमान सरकार सबै नेपालीको हुन सकेन ः पूर्वमन्त्री बडू


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।” नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भयो भन्नुभयो ।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उहाँको धारणा छ । नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको छ भन्नुभयो ।

काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिनुभयो । –––


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिलेन्द्रप्रसाद बडू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545