Techie IT
बिहीबार, असार १९,२०८२

रामवीर मानन्धर एमालेमै फर्किए ,१६ नम्बरको उपचुनावमा निर्णायक प्रभाव पर्ने दाबी


काठमाडौं । रामवीर मानन्धर करिब ३ वर्षपछि एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी पार्टीमा फर्किएका हुन् ।

दुई पटक सोही वडाको वडाध्यक्ष भएका स्थानीय नेता मानन्धरको एमालेमा फिर्तिले उपचुनावमा निर्णायक असर गर्ने बताइएको छ । सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएर घरदैलो थालिसकेको छ ।

मानन्धर एमालेमा फर्किएसँगै वडा नम्बर १६ मा विरासत फर्काउन सहज भएको अध्यक्ष निरौलाले बताए । मानन्धर २०७९ को स्थानीय तह निर्वाचनदेखि नै एमालेमा निष्क्रिय भएका थिए । उनले केशव स्थापितलााई मेयर उम्मेदवार बनाउने निर्णयमा असहमति जनाउँदै एमालेबाट अलग भएका थिए ।

मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए भने २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका थिए । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मानन्धरले २ सय मत पाएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:11 am7:04 pm +0545