पशुपक्षीमाथि निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ

कपिलवस्तुमा पशुपक्षीमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो साढे २ बजे बुद्धभूमि नगरपालिका-२ पूर्वपश्चिम राजमार्गबाट उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको टोलीले बा. प्र. ०३-००१ ख १९९२ नम्बरको ट्रक शंका लागेर जाँच गरेको थियो। ट्रकभित्र २४ वटा गोरू थिए। गोरूका पुच्छर बाँधेर झुण्ड्याइएको, नाक डोरीले छेडिएको अवस्थामा फेला परेका थिए।
दुइटा गोरूको सिङबाट रगत बगेको, ट्रकमा त्रिपालले छोपिएको अवस्थामा राखिएको अवस्थामा फेला परेका हुन्।
गोरूमाथि निर्दयी व्यवहार गरेको देखेपछि प्रहरीले ट्रक चालक विराटनगर उपमहानगर-३ मानगण चोकका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरी कुसाहा नरपालिका-१३ नहरचोकका ५५ वर्षीय इर्साद आलम र २७ वर्षीय समिम आलमलाई पक्राउ गरेको हो।
बा.प्र.०३-००१ ख १९९२ नम्बरको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिइसकेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्