यात्रुवाहक बसमा निगरानी बढाउँदै फपिङ प्रहरी, एक महिनामै २३ सय एम्पुल सहित दुई जना पक्राउ
चेकजाँचलाई थप तीब्रता दिन्छौं - प्रहरी निरीक्षक बिष्ट
काठमाडौंको मदन भण्डारी राजमार्ग पछिल्लो समय लागुऔषध ओसारपसारको मुख्य मार्ग बन्न थालेको छ । ईलाका प्रहरी कार्यालय फपिङको नियमित सवारी चेकजाँचका क्रममा १,७८१ एम्पुल लागूऔषध सहित रौतहट गुजरा नगरपालिका ३ बलुवा घर भई बस्ने वर्ष २० को नासिम शेखलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्तिक ६ गते साँझ अन्दाजी साँढे ६ बजेको समयमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज १९१० नंम्बरको टाटा सुमोको सिट नम्बर ७ मा सवार शेखलाई शंका लागी चेकजाँच गर्दा उनले बोकेको कालो रंगको झोलाभित्र पोका बनाई लुकाईछिपाई ल्याइएको प्रतिबन्धित नुफिन ५९३ एम्पुल, फेनारगन ५०० एम्पुल डाईजेपाम ६८८ एम्पुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गरेको नियमित तथा छड्के चेकजाँचका क्रममा यो स्थलबाट लागु औषध सहित मानिस यसअघि पनि एक जना पक्राउ परेसंगै मदन भण्डारी राजमार्ग लागूऔषध ओसारपसारको मुख्य मार्ग पुष्टि भएको हो । एक महिनाको अवधिमा फपिङको दुई स्थानबाट लागुऔषध ओसारपसारकर्ता पक्राउ परेका छन् । यसअघि पनि फपिङबाट खटिएको प्रहरी निरिक्षक रमेश बिष्टको टोलीले असोज १ गते विरगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको सवारीसाधन रोकी चेकजाँच गर्दा लागूऔषध सहित एक ब्यक्ति पक्राउ परेका थिए ।
बिहान साँढे ११ बजेको समयमा फपिङ चेकपोस्ट अगाडि बाट प्रहरी निरीक्षकको टोलीले बागमती प्रदेश ०३-००१ ज ०७९२ नंम्बरको भाडाको जिपलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार जिल्ला पर्सा पकहा मयनपुर नगरपालिका ०२ मधुवनी घर भई बस्ने वर्ष २८ को सुनिल सहनीलाई पक्राउ गरिएको थियो । उनले बोकी ल्याएको कालो रंगको झोला भित्र पुरानो कपडाले बेरी लुकाईछिपाई ल्याएको लागु औषध डाइजेपाम २ एमएल लेखिएको १९५ एप्पुल, फेनारगन दुई एमएल लेखिएको १९६ थान एम्पुल र ब्युप्रिफ्रीङ दुई एमएल लेखिएको २०० थान गरी ५९१ थान एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिईएको थियो ।
“प्रहरी निरीक्षक रमेश बिष्टको कमान्डमा खटिएको प्रहरीले लागू औषध सहित पक्राउ गरेका मानिस”
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार बेरोजगार युवा, विद्यालय तहका बालबालिकाहरु र सडक बालबालिकाहरुले लागु औषध प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । परिसरका एसपी नवराज अधिकारीले भने–‘डरलाग्दो अवस्थामा ओसारपसार हुन थालेको लागु औषध नियन्त्रणका लागि अभियान शुरु भएको छ ।’
छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने उक्त औषधी नेपालमा प्रतिवन्ध छ । युवाहरु कुलतमा फस्दै गएको, लागुऔषध कै कारण भविश्य अन्धकार बनाउँदै लगेको अभिभावकको गुनासो सँगै प्रहरीको अभियानलाई तिब्र बनाईएको एसपी अधिकारीले बताए । लागुऔषध बरामद हुँदा मोटरसाईकल, भाडाका सवारी साधन, होटल, ब्यक्तिगत घर, डेरा, पोल्टिफार्म, मोटर पार्टस प्रयोग गर्ने गरेका छन् ।
लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।
नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागुऔषधको दुरुपयोको समस्या दिनानुदिन बढीरहेकाले फपिङ प्रहरी आक्रमक शैलीमा लागुऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । उनका अनुसार प्रहरीले सवारी चेकजाँचलाई कडाइ गरेसँगै केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताए ।
लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका युवा रहेको देखिन्छ । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको प्रहरीको भनाइ छ । “यसअघि प्रायजसो मधेसी समुदायमा लागुऔषधको दुव्र्यसनी देखिँदैन थियो”, तर पछिल्लो समय युवा जमातमा ह्वात्तै त्यसको लत देखिन थालेको छ ।”
“छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना छोराहरु लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैन”, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्टले भने, “लागुऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैँ सचेत हुनुपर्छ ।” गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ ।
अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ । समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैझगडा, अस्वाभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरूले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन सहज भएको बिष्टको भनाई छ । प्रहरी निरीक्षक बिष्टले कमान्ड सम्हालेको डेढ महिनामा फपिङ प्रहरीले लागूऔषध माथि गरेको एक्सन यो दोस्रोपटक हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्