गायिका आस्था राउत प्रहरी हिरासतमा

काठमाडौं, १३ माघ । गायिका आस्था राउत प्रहरीमा पुगेकी छिन्। सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
राउतको स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिइएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताए।
राउत परिवारका साथमा परिसर पुगेकी थिइन्। परिसरका अनुसार राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलमा चेकजाँचका क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि राउतले दुव्र्यवहार गरेको भन्दै जवान श्रेष्ठले उजुरी हालेकी थिइन् ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियाे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आस्था राउत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्