Techie IT
बुधबार, साउन १,२०८२

संस्कृत माविको व्यवस्थापन समिति अध्यक्षमा स्थिर खनाल निर्वाचित !!


अमृत खनाल , गोर्खा
२०८१-०५-२२
गोर्खाको भिमसेन थापा गाउपालिका – ३, तान्द्राङ्गको पुरानो विद्यालय संस्कृत मा.वि व्यवस्थापन समितिको अध्यक्षमा स्थिर प्रसाद खनाल निर्विरोध निर्वाचित भएका छन्

विद्यालय व्यवस्थापन समिति सदस्यहरूको शुक्रवार विद्यालयको कार्यकक्षमा बसेको बैठकले खनाललाई अध्यक्षमा सर्वससम्मत चयन गरेको हो ।

सामाजिक क्षेत्रमा तथा राजनीतिक क्षेत्रमा क्रियाशील खनाल सो विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । त्यस्तै, विद्यालय व्यवस्थापन समितिको नवनिर्वाचित अध्यक्ष खनाल सहित सदस्यहरूलाई  प्रधानाध्यापक तारा सुवेदी ,अभिभावक तथा शिक्षकहरूले बधाई तथा शुभकामना दिएका थिए ।

बिध्यालय व्यबस्थपन समितिको अध्यक्ष पद केहि समय देखि खालि रहेको थियो । अध्यक्षको पदपूर्ति गर्न नसक्दा बिधयालय व्यवस्थापन समितीले आफ्नो काम कार्यवाही अगाडि बढाउन सकेको थिएन ।

अविभावक भेला नहुदा तथा विद्यालय व्यबस्थापन समितिले पूर्णता नपाउदा विद्यालयको सामाजिक परीक्षण हालसम्म हुन सकेको छैन । नयाँ समितिको अध्यक्ष पदमा निर्वाचित भए पश्चात अध्यक्ष स्थिर प्रसाद खनालले विगतमा विद्यालयमा भै रहेका गलत गतिबिधीको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष खनालले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सार्वजनिक परीक्षण सम्पन्न गराउने, अविभावक जम्मा गराई शिक्षक अविभावक संघको पनि नियमित काम कार्वाही अगाडि बढाउने प्रतिबिद्धता जनाउनुभएको छ ।शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै गाउँको विद्यालयवाट अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई पुन फर्काउन पनि आफुले पहल गर्ने समेत अध्यक्ष खनालले प्रतिवद्धता जनाउनुभएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545