टिकटक खुल्यो दर्ता गर्ने प्रतिबद्धता

काठमाडौँ, भदौ २२ गते । भिडियो प्ल्याटफर्म टिकटकले नेपालमा दर्ता गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र टिकटकका प्रतिनिधिबिच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा आधिकारिक रूपमा दर्ता गर्ने प्रस्ट पारेको हो ।
टिकटकले नेपाल सरकारका सबै सर्त मान्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखि सबै इन्टरनेट सेवा प्रदायकको नेटवर्कमा टिकटक खुलेको छ । भदौ ६ गतेको मन्त्रीपरिषद् बैठकले सरकारले जारी गरेका सबै सर्त मान्न तयार भएपछि ससर्त टिकटक खुलाउने निर्णय गरेको थियो । सञ्चारमन्त्रीको सचिवालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाबमोजिम सामाजिक सञ्जाल टिकटक मन्त्रालयमा सूचीकरण गर्ने र टिकटकको नेपालभित्र सम्पर्कविन्दुको व्यवस्था गर्ने समझदारी भएको छ ।
सञ्चारमन्त्री गुरुङ र टिकट प्रतिनिधिबिच नेपालको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने, सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लीलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।
मन्त्री गुरुङको प्रस्टोक्ति
सञ्चारमन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशीला र लोकतन्त्रको प्राणवायु भएको बताउनुभयो । सचिवालयमार्फत शुक्रबार जारी प्रेसनोटमा सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्न सहज हुने र मौलिक अधिकारलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
उहाँले टिकटकले नागरिकलाई आफ्नो विचार राख्ने, सार्वजनिक बहस गर्ने, रचनात्मक बन्ने, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्ने र मनोरञ्जन गर्ने महत्वपूर्ण मञ्च दिएको बताउनुभयो । टिकटकलगायत अरू सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउँदा नागरिकको अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासमा खलल हुने उल्लेख गर्दै उहाँले प्रतिबन्धलाई निरन्तरता दिएर अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो । उहाँले टिकटक प्रतिबन्ध लगाउँदा साना र मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्ने कार्य रोकिँदा व्यवसायी मारमा परेको र इन्टरनेट प्रदायक सञ्चार कम्पनीको आम्दानीमा असर पुगेको बताउनुभएको छ ।
प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टिकटक खुल्यो दर्ता गर्ने प्रतिबद्धता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्