“बिद्यार्थीको नजरमा बुढानिलकण्ठ” वक्तृत्व कला प्रतियोगिता सम्पन्न , नगर पुरस्कार पाउदा विद्यार्थी दंग

“बिद्यार्थीको नजरमा बुढानिलकण्ठ” वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। कपन अनलाइनको आयोजना तथा भ्याली पब्लिक माविको प्रायोजन र दिक्षालय नेपाल फाउन्डेसनको प्रायोजनमा भएको सो प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिकाका ३७ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको भ्याली पब्लिक माविमा भएको सो प्रतियोगितामा घटराज मेमोरियल मावि बुढानिलकण्ठ -१२ की लमु शेर्पाले प्रथम स्थान हासिल गरेकी थिइन् भने वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीलका युगिन नेपालले दितीय स्थान प्राप्त गरेका थिए।
त्यस्तै वडा नं १२ मा रहेको त्रि ज्योति माविकी अग्रता नेपालले तृतीय स्थान हासिल गरेको सो प्रतियोगितामा वडा नं १० को रिलायन्स को एड की दिया लम्साल चौथो र वडा नं ५ मा रहेको फ्युजन एकेडेमीका आशिष सिंह धामी पाचौ बनेका थिए। सो प्रतियोगितामा बिजेताहरुले क्रमस ९ हजार ,६ हजार ,३ हजार ,२ हजार र १ हजार नगद पुरस्कार समेत प्राप्त गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापनको अवसरमा शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , प्याव्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ, बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, LEADS का अध्यक्ष बिष्णु चन्द्र अधिकारी, वडा नं २ का सदस्य राम बिनोद लामिछाने, कार्यक्रमको प्रवर्द्धक दिक्षालय नेपाल फाउन्डेसनका प्रिन्सिपल दुर्गा दाहाल सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको पनि उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका विविध पक्षहरुको प्रचार र प्रवर्धनका लागि आयोजना गरिएको सो प्रतियोगिताको निर्णायक मण्डलमा नगरपालिकाका प्रथम नगर प्रमुख उद्दव प्रसाद खरेल , वडा नं ३ की सदस्य बाल माया श्रेष्ठ र कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्य रहेका थिए।
भ्याली पब्लिक माविका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनीले स्वागत मन्तव्य राखेकी थिइन्।
क्याटेगोरी : समाचार
ट्याग : #"बिद्यार्थीको नजरमा बुढानिलकण्ठ" वक्तृत्व कला प्रतियोगिता सम्पन्न
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्