टोखा चेम्बर अफ कमर्सको एक महिने रक्तदान कार्यक्रम सम्पन्न
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभएको छ ।
काठमाडौँ चेम्बर अफ कमर्सले एक महीनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पार्नुभयो । “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताउनुभयो । सरकार नीतिनियम र ऐनकानून निर्माणमा लागिरहेको उहाँको भनाइ थियो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गर्नुभयो । चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताउनुभयो ।
चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजश्व लगायतका विषयमा समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चेम्बर अफ कमर्स टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्