टोखा चेम्बर अफ कमर्सको एक महिने रक्तदान कार्यक्रम सम्पन्न

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभएको छ ।
काठमाडौँ चेम्बर अफ कमर्सले एक महीनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पार्नुभयो । “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताउनुभयो । सरकार नीतिनियम र ऐनकानून निर्माणमा लागिरहेको उहाँको भनाइ थियो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गर्नुभयो । चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताउनुभयो ।
चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजश्व लगायतका विषयमा समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चेम्बर अफ कमर्स टोखा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्