मनमैजुमा बसभित्रै ११ वर्षीया २ बालिकामाथि बलात्कार
काठमाडौं । काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् ।
आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन् ।
मनमैजु चोकमा घाइते अवस्थामा बालिका फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा बसभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुले सोमबार बिहान बालिकामाथि जबर्जस्ती करणीमा संलग्न रहेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का एल्जित राईलाई पक्राउ गरेको छ ।
वृत्तका डीएसपी बालनरसिंह राणाले पीडित बालिकाको उजुरीका आधारमा राईलाई पक्राउ गरेको बताए ।
‘बसका चालकले दुवै बालिकालाई घर लगी परिवारका साथ सकुशल राखेको तर सहचालकले बसभित्र लगेर बलात्कार गरेको देखिन्छ । थप अनुसन्धान हुँदै छ,’ बालाजु वृत्तका डीएसपी राणाले भने ।
उनले एक अर्की बालिकामाथि भने सहचालक राईले अनैतिक क्रियाकलाप मात्रै गरेको अनुसन्धानबाट खुलेको जनाए । प्रहरीले पीडित बालिकाको उजुरीपछि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा एक जनामाथि मात्र करणी भएको देखिएको छ ।
काठमाडौंमै बालिका बसभित्रै बलात्कृत हुने अवस्था आएपछि सार्वजनिक सवारीसाधनमा हु्ने सुरक्षाका विषयमा समेत प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्