तारकेश्वर सडकको नाजुक अवस्था र भ्रष्टाचार बिरूद्द कांग्रेसको आन्दोलन

तारकेश्वर काठमाडौ । लामबगर धर्मस्थली , नेपालटार , काभ्रेस्थली , साङ्गला लगायतका स्थानहरुमा सडक विस्तारको नाममा बाटो भत्काएर त्यतिकै छाडेपछि तारकेश्वर नगरपालीकाको अधिकाम्शं सडक यतिबेला अस्तव्यस्त भएको छ।
तारकेश्वर नगरपालिकाको लापरबाहीको कारण यतिबेला सडक यतिबेला बाँउसे गरेर धान रोप्न ठिक्क पारेको खेत जस्तै भएको छ । जसका कारण सवारी साधन मात्र होइन सडकमा पाइला टेक्ने ठाँउ सम्म भेटाउदैनन पैदल यात्री ।
चुनावी बेलामा चर्का बिकाशका नारा लगाएर नथाकेका तारकेश्वरका जनप्रतिनिधिहरु अहिले निरिह रहेको जनताको तिब्र आक्रोश रहेको छ ।
तारकेश्वर नगरपालिका भित्रका सडकहरुमा पैदलयात्रीहरु समेत हिडडुल गर्न नसक्ने अबस्था हुँदा पनी तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु निरिह भएको भन्दै आइतवार नेपाली काँग्रेसले तारकेश्वर नगरपालिकामा ध्यानाकर्षण गराउनुको साथै ज्ञापनपत्र बुझाएको छ ।
सफा सडक हिडून पाउने जनताको अधिकार सुनिश्चित गर
नगरभित्रका सडकहरु हिलो र धुलो मुक्त गर
भन्ने मूल नाराका साथ प्रर्दशनी गरेको नेता बिष्णु भतm तिमिल्सिनाले बताए ।
जनताको आशा अनुरुप काम नगरी भ्रष्टाचार मा लिप्त भएको कारण नेपाली कांग्रेस तारकेश्वर नगर कार्य समितिको आयोजनामा नगरपालिका को कार्यकाल धेराउ गरि भ्रष्टाचार बिरूध्द बिरोध प्रदर्शन गरेको अर्को कांग्रेसका नेता मनोज राणले बताए ।
राजधानी काठमाडौ बाट केही किलोमिटरको दुरमा रहेको तारकेश्वर नगरपालिका बिकाशको दृष्टिकोणले निकै पछाडी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्