कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर
काठमाडौ, २१ भाद्र – शनिवार राजधानी काठमाडौं स्थित कालिमाटीमा बृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नमो हारती वचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमान्डौ वेष्ट तथा एफ एच ग्रुपद्वारा संयुक्त रुपमा आयोजित उक्त बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविरको उद्घाटन पूर्व सांसद तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले गरेका थिए ।
उल्लेख्य संख्यामा रक्तदाताले रक्तदान गरेको सो कार्यक्रमको स्वास्थ्य शिविर अन्तर्गत डेन्टल, युरिक एसिड, ब्लडप्रेसर, फिजियोथेरापी, हाडजोर्नी तथा नशा, म्यानुयल थेरापी तथा पेनरिलिफ, जनरल हेल्थचेक अप, ग्यास्ट्रिक, फिस्टुला, पाईल्स सुगर आदीको निशुल्क चेकजाच गरिएको थियो ।

आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर माझ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले संयुक्त रुपमा उक्त रक्तदान कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. का विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिए । साल्ट ट्रेडिङ्गले प्रत्येक बर्ष आफ्नो जन्म जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आर्इरहेको र यो २५ औं रक्तदान भएको पनि उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्