जोरपाटीमा ग्याङ फाइट, एक युवाको मृत्यु

काठमाडाैं, १८ भदाै । काठमाडौंको जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् ।
मृतक सञ्जयको छातिमा गहिरो चोट लागेको थियो । सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । दुई समूहबीच जम्काभेट भएसँगै झगडा शुरु भएको जनाइएको छ ।
पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।
दुबै जनालाई बुधबार बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ग्याङ फाइट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्