सिमलताल बस दुर्घटना : नारायणीमा एक पुरुषको शव फेला

चितवन, २९ असार । त्रिशूली नदीमा बेपत्ता भएको बस खोज्ने क्रममा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीबीचमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको उहाँले बताउनुभयो । तर मृत भेटिएका व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।
मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैंकको ऋषिपल साह नामको एटीएम कार्ड पनि भेटिएको छ ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोले दुई वटा गुडिरहेको बसलाई बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली र नारायणी नदी क्षेत्रमा खटिएका छन् ।
बेपत्ता बस र यात्रुको खोजी गर्न प्रहरीले चुम्बक र वाटर ड्रोन क्यामेरासमेत प्रयोग गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्