हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान अन्तर्गत कुमारीपाटीमा वृक्षारोपण
१० भाद्र – ललितपुर महानगरपालिका ०५ द्वारा संचालित ‘स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज कुमारीपाटीमा वृक्षारोपण गरिएको छ । पूर्व मन्त्री एवं सांंसद पम्फा भुषालले विरुवा रोपण गरि उक्त कार्यक्रमको सुभारम्भ गरेकी हुन ।
महानगरको ५ नंबर वडा र कुमारीपाटी क्लबको तत्वावधानमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरपालिका ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, १९ का वडाध्यक्ष बिनोद ताम्राकार, कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, वडा स्थित जनप्रतिनिधी, कुमारीपाटी महिला समुहका सदस्यहरु, स्कुल , कलेज एवं विभिन्न संघ संंस्थाका प्रतिनिधी, वडाबासी लगायतको सहभागीता रहेको थियो ।
उनीहरुले लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने कुमारी पाटी क्षेत्र स्थित दक्षिण तर्फको सडक छेउमा सामुहिक रुपमा वृक्षारोपण गरेका थिए । सोही अवसर माझ आयोजित सभालाई संबोधन गर्दै पूर्व मन्त्री भुषालले नगर क्षेत्र स्थित घना बस्ती र आसपासका क्षेत्रको वातावरणिय अवस्थालाई अनुकुल बनाउन वृक्षारोपण कार्य अपरिहार्य शर्त बन्दै गई रहेको अौल्याउदै महानगरको ५ नंबर वडाद्वारा संचालित स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानको स्वागत समेत गरिन् ।
त्यस्तै, ललितपुर महानगरपालिका -०५ का वडाध्यक्ष बिकासमान श्रेष्ठले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन अभियान संचालन गरिएको र यसमा सबैको साथ आवश्यक रहने भन्दै सरोकारवाला सबैलाई अभियानमा जोडिन आग्रह समेत गरे । ललितपुर १९ वडाका वडाध्यक्ष बिनोद ताम्राकारले १९ वडासंगै जोडिएर रहेको ०५ नंबर वडाद्वारा संचालित हरित अभियान प्रति एेक्यबद्धता जनाउदै लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने उत्तर तर्फको सडक पेटीको छेउमा पनि निकट भविष्यमा वृक्षारोपण गरिने बताए ।
कार्यक्रममा आफ्नो मन्तब्य धारणा राख्ने क्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्काले हरियालीको महत्व बारे चर्चा गर्दै स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानमा क्लबको तर्फबाट सदैव साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #कुमारीपाटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्