Techie IT
शनिबार, असार २१,२०८२

भक्तपुर नगरपालिकाको आ. व. २०८१/८२ को नीति तथा कार्यक्रम


भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगर
प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत

.. २०८१/८२) को नीति तथा कार्यक्रम

नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई वर्ष पूरा भइ तेस्रो वर्षमा कार्यरत छौं हामीदोस्रो कार्यकालको तेस्रो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेकाहरेक कार्यमा नगरबासीहरूको धै साथ सहयोग प्राप्त हुँदैछ नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामारही प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्नुहुने तमाम नगरबासी दाजुभाई तथा दिदीबहिनीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिककृतज्ञता व्यक्त गर्दछौं

पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला संस्कृतिको नारालाई सार्थक बनाउन, भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन भक्तपुरलाईपर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न हाम्रा अग्रजहरूले देख्नुभएको सपनालाई साकार पार्न हामी जनप्रतिनिधिहरू निरन्तरकार्यरत छौं नगरपालिकामा प्राप्त सीमित श्रोत साधनहरूको अधिकत्तम सदुपयोग गरी नगरको शिक्षा, स्वास्थ्य उपचार, कलासंस्कृति सम्पदा संरक्षण, सरसफाइ तथा विकास निर्माणका कार्यहरू गर्दैछौं

नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएकोसय वर्षपछिको भक्तपुरपुस्तकलाईआधार बनाएर कार्य गर्दै छौं आज भक्तपुर आन्तरिक बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै भक्तपुरको उन्नत्ति विकासको निम्ति हामीले धेरै कार्यहरू गर्न बाँकी छन् संविधान कानुनले दिएका अधिकारभित्र रही हामीले भक्तपुर बासीहरूकोहितलाई केन्द्रमा राखेर कार्य गर्दै छौं

नाचगानको राजधानी, जीवित सङ्ग्रहालय सास्कृतिक नगरको उपमा पाएको भक्तपुर नगरलाई थप उचाइमा पु¥याउन जनतासँगनियमित छलफल गरी हामी जिम्मेवारीपूर्वक काम गर्दै छौं नेपाल मजदुर किसान पार्टीले जारी गरेको स्थानीय निर्वाचन घोषणपत्र नैहाम्रो काम गर्ने आधार हो निर्वाचनमा भक्तपुरबासी जनताले आफ्नो अमूल्य मतमार्फत हामीलाई दिनुभएको विश्वास नै हाम्रो काम गर्नेशक्ति वा आत्मबल हो स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने हाम्रो भावना हो हामीले सोही भावनाअनुरुप काम गर्दै छौं निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन हामीले एक एक गरी पूरा गर्दैछौं

नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये स्थानीय तह जनताको सबभन्दा नजिकको सरकार हो स्थानीय तहप्रतिजनताको पूर्ण विश्वास पनि रहँदै आएको पाइन्छ जनताको आशा अपेक्षाअनुसार काम गर्न स्थानीय तहलाई अधिकारसम्पन्न बनाइनुआवश्यक स्थानीय तह शक्तिशाली भएमा मात्र जनताले छिटोछरितो सेवा प्राप्त गर्न सक्छन् सङ्घीयताको मुख्य उद्देश्य नैअधिकार विकेन्द्रित गरी सिंहदरबारमा केन्द्रित अधिकारलाई स्थानीय तहसम्म पु¥याउनु हो तर सङ्घ प्रदेश सरकारहरूको कार्यशैलीभने फरक देखिँदै संविधानको भावना मर्मविपरीत स्थानीय तहलाई कानुन प्रदत्त अधिकार समेत सङ्घ प्रदेश सरकारहरूले एकएक गरी अपहरण गर्ने कोशिस गर्दै छन् यो संघ प्रदेश सरकार सञ्चालन गर्नेहरूमा एकात्मक सोच हुनुको परिणाम हो

संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरेर सङ्घलेछुट्टै कार्य गर्नु संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय स्थापनाको प्रावधान राख्नु यसको उदाहरण हो सङ्घ प्रदेशले स्थानीय तहलाई आफ्नै एकाइजस्तो व्यवहार गर्नु, दुई चार लाखको साना योजनाहरू समेत सङ्घ प्रदेशको बजेटमासमावेश गर्नु, समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान बढाउँदै लानु सङ्घीयता संविधानको मर्म भावनाविपरीतका कार्यहरूहुन्

सङ्घ प्रदेशले लामो समयसम्म संविधानमा रहेका साझा सूचीका अधिकारहरूबारे आवश्यक कानुनहरूको निर्माण नगर्नु, पुरानै ऐनहरूप्रचलनमा रहनुले पनि देशभरका स्थानीय तहहरूले समस्या भोग्दै छन् स्थानीय तहले राम्रोसँग काम गर्ने हो भने त्यसलाई आवश्यककर्मचारीको बन्दोबस्त गर्ने अधिकार हुनुपर्छ अहिले स्थानीय तहहरूले प्रदेश लोकसेवाबाट पठाइएका कर्मचारीहरूको भरमा काम गर्नबाध्य छन् यसले जनप्रतिनिधिहरूको भावनाअनुसार जनताको सेवा हुन सक्ने स्थिति छैन आवश्यक परे संविधान संशोधन गरेरै भएपनि स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन सङ्घ प्रदेश सभाका माननीयज्यूहरूको ध्यानाकर्षण गर्न चाहन्छौं

भक्तपुर नगरपालिकाले वटा इन्जिनियरिङ कलेजसहित वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरका जनताका छोराछोरीलाईसस्तो गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको भने ख्वप विश्वविद्यालय सञ्चालनको लागि संसदबाट विधेयक पारित गर्ने कार्यमाजोड दिँदै आएका छौं त्यसैगरी जनताको स्वास्थ्य उपचार सहज उपलब्ध गर्न घरदैलो नर्सिङ सेवा, १०० शैय्याको ख्वप अस्पतालसञ्चालन वडा वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरी सस्तो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं

नेपालको संविधानअनुसार भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचारसँगै सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण तथाविभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी व्यापक जनताको हितमा समाजवादउन्मुख कार्य गर्दैछ

.. २०८१।८२ का लागि नीति तथा कार्यक्रम बजेट तर्जुमा गर्न स्थानीय बुद्धिजीवी, मजदुर, किसान, महिला, युवाविद्यार्थी, शिक्षकहरूलगायतको वडा नगरस्तरीय भेलाहरू सम्पन्न गर्यौ ती भेलाहरूबाट नगर विकासका लागि महत्वपूर्ण सुझावहरू प्राप्तगरेका छौँ त्यसैगरी अनलाइन अन्य माध्यमबाट प्राप्त सुझावहरू समेतलाई ध्यानमा राखेर आगामी वर्षमा प्राप्त हुने अनुमानितश्रोतसमेतलाई आधार बनाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं ः

) शिक्षा ः

.  संघीय संसदबाट ख्वप विश्वविद्यालय सञ्चालन विधेयक पारित गराउन निरन्तर पहल जारी राखिने विज्ञहरूको टोली बनाईख्वप विश्वविद्यालय सञ्चालन तयारी समिति गठन गरिनेछ

. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग समयअनुसार स्नातक स्नातकोत्तर तहमा नयाँ नयाँविषयहरू थप गरिँदै लगिने सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा  रेडियोलोजी, एचए, फार्मेसीलगायतका बिषयहरूका कक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिने

. भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०८१ साल माघ महिनार्माभूकम्प इन्जिनियरिङबिषयमा राष्ट्रिय सम्मेलन २०८२ सालमाभूकम्प इन्जिनियरिङ तथा विपद् पश्चातको पुनःनिर्माणशीर्षकमाचौथो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने शिक्षक कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययन (विद्यावारिधि÷एमफिल)मा दिइआएको प्रोत्साहनलाई थप व्यवस्थित गर्दै निरन्तरता दिइने त्यस्तै ख्वप कलेजमार्फत पनि अन्तर्राष्ट्रिय सम्मेलनको तयारी थालिने

. भक्तपुर नगरपालिकाभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि अनुसन्धान वृत्तिको व्यवस्था गरिने

. नगरबासी विद्यार्थीहरूलाई इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, दर्शनशास्त्र, तर्कशास्त्र जस्ता विषयहरूमास्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोलाई निरन्तरता दिइने उच्च शिक्षाको लागि प्रदान गर्दै आएकोशैक्षिक ऋणलाई पनि निरन्तरता दिइनेछ

. अनुसन्धान सूचना व्यवस्थापन केन्द्र स्थापना गरी उच्च शैक्षिक संस्था तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी भक्तपुरनगरपालिकाभित्रका विभिन्न विषयहरूको बारेमा अध्ययन अनुसन्धानको व्यवस्था गरिने

. शिक्षालाई ज्ञान सीपसँग जोड्न विभिन्न प्रकारका व्यवसायिक सीपमूलक तालिमहरू सञ्चालन गरिने

. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि समय समयमा शिक्षकहरूलाई पुनर्ताजगी तालिमहरू दिइने विद्यार्थीहरूमा नागरिक भावनाको विकास गर्न नैतिक व्यवहारिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ

. नेपाल भाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न आवश्यक तयारी गरिने नेपालभाषा लिपि  तथा मूर्तिकला, चित्रकला, प्रस्तरकला, संगीत, नृत्य कक्षाहरू क्रमशः सञ्चालन गर्दै लगिने

१०. विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय जनजीवन, सम्पदा संरक्षण, खेलकुद गतिविधि, संगीत साधनाजस्ताअतिरिक्त क्रियाकलापहरूमा सहभागी गर्ने व्यवस्था मिलाइने साथै समय समयमा हाजिरीजवाफ, निबन्ध, सांस्कृतिक, चित्रकलाप्रतियोगिता आयोजना गरिने

११. स्थानीय पाठ्यक्रमसँग सम्बन्धित सन्दर्भ सामग्रीहरूको प्रकाशनलाई निरन्तरता दिइने समयानुकूल स्थानीय पाठ्यक्रमपरिमार्जन गरिने भक्तपुरका सांस्कृतिक तथा सामाजिक पहिचान झल्किने सांस्कृतिक संग्रहालय निर्माणको लागि आवश्यक तयारीगरिने

१२. विद्यालयले हासिल गरेको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक उत्कृष्ट विद्यालय घोषणा गरी प्रोत्साहनकोव्यवस्था गरिनेछ मावि तहको विद्यालयहरूमा क्रमशः गणित प्रयोगशालाको व्यवस्था गर्दै लगिनेछ

१३. ‘एक विद्यालय, एक सम्पदा सरसफाइको नीतिलाई प्रभावकारी बनाइँदै लगिनेछ विद्यालयहरूमा स्काउट टोली गठन, नियमितखेलकुद सांस्कृतिक प्रशिक्षणको व्यवस्था मिलाइनेछ

१४. विद्यालयहरूको गुणस्तर वृद्धिको लागि विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिबाट भइरहेको कार्यलाई समयानुकूलसुधार गरी प्रभावकारी बनाउँदै लगिनेछ समितिको सिफारिसमा विद्यालयको भौतिक संरचना निर्माणका लागि पनि सहयोगको नीतिलिइने

१५. बाल विकास केन्द्र सञ्चालन गरिएका विद्यालयहरूलाई व्यवस्थित गर्न त्यस्ता विद्यालयहरूलाई सहयोगको नीति अवलम्बन गरिनेछ विद्यालयहरूको अबस्था हेरी कक्षा सञ्चालन तथा शिशुस्याहार केन्द्रको रुपमा विकास गरिनेछ अपाङ्गता भएका विद्यार्थीहरूलाईप्रोत्साहनको नीति लिइनेछ

१६. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न संघ संस्थामा इन्टर्नशीप, आंशिक रोजगारी कार्यस्थलमा तालिम (अन जब ट्रेनिङ) को व्यवस्था मिलाइनेछ

१७. नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालय लाइब्रेरीलाई अझ व्यवस्थित गर्न आवश्यक पुस्तक तथा सन्दर्भस्रोतहरूको व्यवस्थाको साथै भौतिक सुधारहरू गर्दै लगिने

१८. ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीको न्युनत्तम पारिश्रमिकको व्यवस्था गरिनेछ

) स्वास्थ्य ः

१९.  भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई थप सुविधा सम्पन्न गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनताकोअस्पतालको रुपमा विकास गरिने त्यसको लागि भौतिक पूर्वाधार निर्माण, आवश्यक जनशक्ति स्वास्थ्य उपकरणहरूकोबन्दोबस्त गरिने यस अस्पतालमा सघन उपचार कक्ष (आइसीयु), सिटी स्क्यान जनरल सर्जरी अन्तर्गत शल्यक्रियाहरूमाल्याप्रोस्कोपिक सेवा नियमित सञ्चालनमा ल्याइने नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु गरिने गरिब तथा असहायहरूलाई गर्दै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने

२०. नगरबासीहरूलाई छिटो छरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरका विभिन्न स्थानहरूमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, जनस्वास्थ्य केन्द्रहरूमा समेत विशेषज्ञ सेवा विस्तार गर्दै लगिने वडा नं. १० मा निर्माणाधीन स्वास्थ्यकेन्द्रहरूलाई सञ्चालनमा ल्याइनेछ

२१. सम्पूर्ण नगरबासीहरूलाई ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन निःशुल्क वितरणका साथै निःशुल्क रगतवितरण कार्यलाई निरन्तरता दिइने १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गरिनेछ

२२. घरदैलो नर्सिङ सेवा श्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ख्वप तिलगंगा आँखा अस्पतालमाउपचार सेवा विस्तार गर्दै सुविधासम्पन्न आँखा अस्पतालको रुपमा विकास गरिने

२३. स्तन तथा पाठेघर क्यान्सर, आँखा, दाँत, नाक, कान, घाटी अन्य विभिन्न रोगहरू सम्बन्धमा वडा वडामा नियमित स्वास्थ्यशिविरहरू संचालन गरिने नागरिक आरोग्य केन्द्रबाट भइरहेको सेवालाई जनमुखी बनाउँदै सेवालाई क्रमशः विस्तार गर्दै लगिने

) सम्पदा संस्कृति ः

२४. देशको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको भक्तपुरका मूर्त अमूर्त सम्पदाहरूको संरक्षणको नीतिलाई निरन्तरता दिइनेछ नगरकाविभिन्न स्थानमा अवस्थित ऐतिहासिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका घाटहरूको सुधार संरक्षणलाई व्यवस्थित रुपमाअगाडि बढाइने

२५. निर्माणाधीन लक्ष्मी नरसिंह मन्दिर, हाडा छे“, छुमा गणेशको द्यो छेँ, इन्द्रायणी द्योछेँ सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने दरबार क्षेत्रस्थित थन्थु दरबार, इखालाछी मठ, लाय्कु पाहाँ छेँ मौलिक शैलीमा पुनःनिर्माण गरिने

२६.  भक्तपुरको मौलिकता बचाइ राख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिंगटीको लागि दिँदै आएकोअनुदानलाई निरन्तरता दिइने

२७. कलासंग्रहालय रहेको न्ह्यकं झ्यः दरबार पुनःनिर्माण कार्य अगाडि बढ्न नसकिरहेको हुँदा नेपाल सरकार, संस्कृति मन्त्रालय, पुरातत्व विभागसँग समन्वय गरी निर्माणको आवश्यक बन्दोबस्त गरिने भक्तपुरको बसन्तपुर दरबार, ९९ चोक, जगन्नाथ क्षेत्र, तालादोम्फोलगायत सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थलहरूको अध्ययन अनुसन्धानलाई निरन्तरता दिइने

२८. कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिकगुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति लिइने

२९. वडा वडामा रहेका जीर्ण लोपोन्मुख सम्पदाहरू पुनःनिर्माण जीर्णोद्धार गर्न वडास्तरमै सम्पदा संरक्षणका लागि छुट्टै बजेटकोव्यवस्था गरिने

३०. भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी घरहरू नयाँ निर्माण हुने घरहरू माटो जोडाइमा बनाउन प्रोत्साहित गरिनेछ

३१. नगरभित्र रहेका पुरातात्विक महत्वका निजी घरहरू विविध कारण घरधनी स्वयम्ले समयमा नबनाउँदा सम्पदा नै लोप हुने अवस्थाभएमा नगरपालिकाले लागत घरधनीबाट असुल उपर गरि लिने गरी प्रकृया पु¥याइ निर्माण गर्ने नीति लिइने

३२. भक्तपुरको परम्परागत जनजीवन झल्किने संग्रहालय निर्माण गरिने

३३. परम्परागत बाजाहरूको प्रतियोगिता गरी उत्साहित गरिने सांस्कृतिक गुरुहरूको उचित सम्मान गरिने सांस्कृतिक क्षेत्रलाईक्रमशः व्यवसायीकरण गर्दै लगिने

३४. सांस्कृतिक बाजागाजाको बोललाई क्रमशः लिपिबद्ध गर्दै संरक्षणको नीति लिइने साथै दाफा भजनको थ्या साफु पुनः प्रकाशनगर्न आवश्यक व्यवस्था मिलाइने

३५. परम्परागत बाजागाजा एवम् नृत्य प्रशिक्षण दिन टोल समुदायलाई उत्साहित गरिने लोपोन्मुख खःप्याखंलाई पुनःर्जीवन दिनआवश्यक व्यवस्था मिलाइने

) कृषि ः

३६. घर घरबाट निस्किने कुहिने फोहरबाट प्राङ्गारिक मल सी.एन.बी.एम. प्रविधिबाट निर्माण कार्य गर्दै आएकोमा थप व्यवस्थित गरीकिसानहरूलाई वितरण गरिने फोहरलाई स्रोतमै छुट्याउन स्रोतबाटै फोहर कम गर्न नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ भक्तपुर नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक  तालिम दिइ कम्पोष्ट मल प्रयोग गर्नप्रोत्साहित गरिने

३७. माटोको गुणस्तर कायम गर्न समय समयमा माटो परीक्षणको व्यवस्था मिलाइने

३८. किसानहरूबाट उत्पादित कृषि उत्पादन व्यवस्थित बिक्री वितरणको लागि भनपा वडा नं मा निर्माणाधिन तरकारी बजारसञ्चालनमा ल्याइने कृषि मेला तथा स्थानीय उत्पादन मेला सञ्चालन गरिने

३९. किसानहरूबाट उत्पादित तरकारी, फलफूललगायत कृषि उपज संकलन तथा भण्डारणका लागि निर्माणाधीन चिस्यान केन्द्र सम्पन्नगरी सञ्चालनमा ल्याइने

४०. कृषकहरूको सुविधाका लागि कानुन बनाई कृषि ऋणको व्यवस्था गरिने

४१. नगरपालिकाले सहुलियत दरमा किसानहरूलाई बीऊविजन वितरण कृषि चुनको प्रयोगलाई प्राथमिकता दिइने वडा वडामारहेका कृषक समूहहरूलाई सक्रिय बनाइने स्थानीय बिऊहरूको संरक्षणलाई जोड दिइने कौसी खेतीलाई प्रवद्र्धन गरिने

४२. कृषकहरूको सम्मान गर्ने कृषि पेशाप्रति युवा पुस्तालाई आकर्षित गर्न स्थानीय पाठ्यक्रममा कृषि विषयलाई समावेश गरिने

४३. कृषि सम्बन्धी अध्ययन अनुसन्धान गर्न खाद्य गुणस्तर तथा अनुसन्धान केन्द्र स्थापना गरिने

४४. किसान, मजदुर, डकर्मी, सिकर्मीहरू लगायतका पेशाकर्मीहरूको सूचिकरण गरी परिचयपत्र वितरण गरिने

४५. पशुपन्छीहरूलाई रोगबाट बचाउन आवश्यक खोपको व्यवस्था गरिने

४६. सडकमा जथाभावी छाडिएका दोपाया, चौपाया नियन्त्रणका लागि आवश्यक व्यवस्था गरिनेछ

) पर्यटन ः

४७. आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समय समयमा सन्ध्याकालीन पदयात्रा कार्यक्रम गरिने

४८. भक्तपुरको सांस्कृतिक सम्पदाहरू प्रवद्र्धन गर्न आन्तरिक बाह्य पर्यटन विकासको लागि उपयुक्त समयमा भक्तपुर महोत्सवआयोजना गरिने

४९. भक्तपुर नगरका मूर्त अमूर्त सम्पदाहरूबारे आन्तरिक एवम् बाह्य पर्यटकलाई विस्तृत जानकारी दिन पर्यटकहरूलाई भ्रमण गराउनेनयाँ तथा विस्तारित रुटको व्यवस्था गरिनेछ

५०. भक्तपुर नगरपालिकाद्वारा निर्मित स्वचालित शौचालय (ट्वाइलेट) सञ्चालनमा ल्याइने

५१. यहाँका कला, संस्कृति, सम्पदाआदिबारे प्रोमो, वेभसाइट, मोबाइल एप्स डकुमेन्ट्रीको निर्माण गरी भक्तपुर नगरसम्बन्धीे प्रचारप्रसार गरिने

५२. पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूबीच समय समयमा कार्यशाला, गोष्ठीहरूको आयोजना गरिने होम स्टे फेमिली स्टेकालागि आवश्यक तालिमहरूको व्यवस्था गरिने

५३. पर्यटनसँग सम्बधित विषयहरूबारे अध्ययन अनुसन्धानलाई प्रोत्साहित गरिने

५४. नगरको उपयुक्त स्थानमा सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गरिने

५५. सम्पदा तथा नगरका सडकहरूमा आवश्यक बत्तीको व्यवस्था गरी रात्रीकालीन पर्यटन विकासको लागि प्रोत्साहित गरिने साथैसुरक्षा प्रबन्धका लागि आवश्यक स्थानहरूमा सीसी क्यामेरा जडान गरिनेछ

५६. आन्तरिक बाह्य पर्यटकहरू बढ्दो क्रममा रहेकोले आवश्यकताअनुसार नगरका विभिन्न ठाउँमा बस पार्क शौचालयहरू निर्माणगरिने

५७. स्थानीय परम्परागत सीपलाई स्थानीय जनताको आय आर्जनको स्रोतको रुपमा विकास गरिने

५८. आन्तरिक बाह्य पर्यटकहरूलाई अमूर्त सम्पदाहरूको परिचय दिन पर्यटकहरूको बसाइ लम्ब्याउन समय समयमा सास्कृतिकप्रदर्शनी गरिने

५९. नगरका पोखरीहरूमा पनि आवश्यक बत्तीको व्यवस्था गरी ती ठाउँहरू पनि आन्तरिक बाह्य पर्यटकहरू आकर्षित गरिने

६०. स्थानीय उत्पादन प्रवद्र्धन तथा खरिद प्रक्रियाका लागि उत्साहित गर्ने नीति बनाइने

६१. जनप्रतिनिधिहरूको अगुवाईमा सम्पदा क्षेत्र तथा खुल्ला स्थानमा पाक्षिक सरसफाइ कार्यलाई निरन्तरता दिइनेछ

६२. बढ्दो प्लाष्टिकजन्य प्रदूषण न्युनीकरणका लागि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकको झोला निषेध गरिनेछ साथै पुनःप्रयोग गर्नमिल्ने कपडाको झोलाहरूको प्रयोगलाई प्रोत्साहित गरिनेछ

६३. नगरको सौन्दर्यीकरणलाई जोड दिइने नयाँ तथा विस्तारित आवास क्षेत्रमा घरको नक्सा पास गर्दा घर अगाडि कम्तीमा एउटारुख रोप्ने तथा पुरानो बस्तीमा घर अगाडि फूलसहितको गमला राख्न उत्साहित गरिने

६४. नगरका विभिन्न पोखरी तथा सम्पदा परिसरमा आन्तरिक बाह्य पर्यटकहरूको आकर्षण वृद्धि गर्न पर्यटकीय गतिविधिहरू वृद्धिगरिने

) वातावरण सरसफाइ ः

६५. नगरका विभिन्न ठाउँहरूमा हरियालीको विकास गरी पर्यावरणमा सुधार ल्याइनेछ

६६. नगरको सौन्दर्यमा बाधा पु¥याइ रहेको विद्युत प्राधिकरण, दुरसञ्चार तथा विभिन्न केबुल नेटवर्कका छरपष्ट तारहरूलाई भूमिगतगरी व्यवस्थित गर्न सरोकारवाला पक्षहरूसँग छलफल गरी अगाडि बढाइने

६७. नगरको प्रमुख सम्पदा क्षेत्रहरूमा क्रमशः यातायात निषेध गर्दै लगिने भविष्यमा प्राचीन नगरभित्र सवारी निषेध गर्न आवश्यकयोजनाहरू तर्जुमा गरिने

६८. नयाँ घर नक्सा पास गर्दा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन पार्किङको व्यवस्था घरधनी आफैले निर्माण गर्न उत्साहित गरिने

६९. पुनःप्रयोग गर्न मिल्ने वस्तुहरूलाई पुनःप्रयोगको व्यवस्था मिलाइने

७०. हाल निर्माणाधीन हनुमानघाट सल्लाघारीको फोहर प्रशोधन केन्द्र (उपचार पोखरीहरू) शीघ्र निर्माण सम्पन्न गरी संचालनमाल्याउन पहल गरिने

७१. खोला किनारा अन्य खाली स्थानहरूमा रुख विरुवाहरू रोपेर हरियाली प्रवद्र्धन गरिने

७२.  आधुनिक प्रविधिमार्फत सरसफाइ कार्यलाई अगाडि बढाइने

) खानेपानी ः

७३. पानीका स्थानीय स्रोतहरू इनार, ढुंगेधारा, पोखरीलगायतलाई मौलिक विधिमार्फत पुनर्जीवन दिइ संरक्षण गरिने

७४. जनसंख्या वृद्धिको कारण हिउदको समयमा भक्तपुर नगरमा पानीको निकै अभाव हुने भएकाले नगरकोटको पानीको स्रोतसंरक्षणका लागि सरोकारवालाहरूबीच छलफल गरी पानीको अधिकत्तम उपयोग गर्न आवश्यक व्यवस्था गरिने

७५. मेलम्चीको पानी घरघरमा पु¥याउने उद्देश्यले वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने नयाँ क्षेत्रहरूमा पनि क्रमशः पाइप लाइनकोविस्तार गरिने

७६.  नगरबासी व्यक्ति समुदायलाई आकासे पानी संकलन कार्यमा प्रोत्साहित गरिनेछ

७७. भूमिगत पानी डीप बोरिङ गर्ने कार्यलाई नियन्त्रित व्यवस्थित गरिनेछ साथै जमिनमुनि पानी पुनर्भरण कार्यलाई प्रोत्साहितगरिनेछ

) खेलकुद ः

७८. खेलकुदलाई नागरिक जीवनको एक अभिन्न अंगको रुपमा विकास गर्न युवाविद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाइने हरेकवर्ष हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर नगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ

७९. हाल भइरहेको विभिन्न खेलहरूको प्रशिक्षण कार्यलाई निरन्तरता दिँदै नयाँ खेलहरूको प्रशिक्षण प्रारम्भ गरिने

८०. विद्यालयहरूमा खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालय स्तरदेखि नै व्यवस्थित खेलकुद तालिमको बन्दोबस्त गरिने

८१. शारीरिक व्यायाम (छिकोङ) को प्रशिक्षणलाई विद्यालय स्तरसम्म विस्तार गर्दै लगिने

८२. वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिइने

८३. सहिद स्मृति खेल मैदान माहेश्वरी खेल मैदानलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरिने

८४. वडा वडामा रहेका खेलकुद समितिलाई सक्रिय बनाइने अन्तर वडा खेलकुद प्रतियोगिताहरू आयोजना गर्नेलाई आवश्यकआर्थिक सहयोगको व्यवस्था गरिने

८५. टोल टोलमा राखिएका खुल्ला व्यायामशालाहरूको स्तरोन्नति गरिने अन्य ठाउँहरूमा खुल्ला व्यायामशालाहरूको विस्तार गर्दैलगिने

८६.  नगरका उपयुक्त पोखरीहरूमा युवाहरूलाई पौडी प्रशिक्षणको लागि आवश्यक व्यवस्था गरिने

८७. टोलटोलमा विभिन्न परम्परागत खेलकुद प्रतियोगिता गर्न उत्साहित गरिने विद्यालयहरूका खेलकुद प्रशिक्षकहरूलाई आवश्यकप्रशिक्षण दिइने

) युवा आत्मनिर्भरता ः

८८. युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याज दरमा युवा उद्यमशीलता ऋण वितरणलाई निरन्तरता दिइने

८९. युवाहरूलाई सीपमूलक तालिमहरू फ्रिज, मोबाइल, वासिङ मेसिन, पानी तान्ने पम्पलगायतको मर्मतको प्रशिक्षण दिइने हालसञ्चालित डकर्मी, प्लम्बर, विद्युत, सिलाइ, कुक, हेयर कटिङ, बुटिकलगायतका तालिमलाई निरन्तरता दिइने

) सहकारी ः

९०. सहकारी संस्थाहरूलाई प्रविधिसँग जोड्दै लगिने त्यसको लागि आवश्यक तालिमहरूको व्यवस्था गरिने

९१. सहकारीहरूमा रहेको पुँजीलाई पर्यटन उत्पादनमुखी कार्यमा लगानी गर्न प्रोत्साहित गरिनेछ

९२. सहकारी संस्थाहरू एक्लै वा साझेदारीमा ज्येष्ठ नागरिकहरूको सेवाको लागि आदर निकेतनहरू सञ्चालनको लागि प्रोत्साहितगरिने त्यसको लागि छुटै कार्यविधि बनाइ लागू गरिने

९३. भक्तपुर नगरभित्र सञ्चालित सहकारीहरूमध्ये तोकिएको मापदण्डको आधारमा उत्कृष्ट सहकारीलाई पुरस्कृत गरिने

९४. परम्परागत संस्कृति संरक्षणमा योगदान गर्ने सहकारीहरूलाई उत्साहित गर्ने नीति लिइने

९५. सहकारी संस्थामा सुधार ल्याउन अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिने

९६. ‘एक सहकारी एक क्षेत्र सरसफाइकार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने

९७. सहकारी सदस्यहरूको सांस्कृतिक स्तर उठाउन आवश्यक कार्यक्रमहरू संचालन गरिने

९८. गरिबीको कारण उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई न्युन व्याज दरमा शैक्षिक ऋण प्रदान गर्न सहकारीलाई उत्साहितगरिने

९९. दैनिक बचत सङ्कलनलाई नियन्त्रणको नीति लिइने

विविध ः

१००. भक्तपुर नपा वडा नं. देकोचास्थित निर्माणाधीन अरनिको सभाभवन नगरको गौरवको योजना भएकोले त्यसको लागि आवश्यकबजेट विनियोजन गरिने

१०१. नगरका जेष्ठ नागरिकहरूको सेवाको निम्ति भक्तपुर नपा वडा नं. मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गरिने , त्यसको लागि आवश्यक जनशक्ति बजेट व्यवस्था गरिने

१०२. भनपा वडा नं. मा व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याइने नगरका विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिने

१०३. जुजु धौ, ताइचिन च्युरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मुकुण्डो निर्माणलगायतघरेलु उत्पादनलाई प्रोत्साहित गरिने

१०४. देको मिवा इतापाके जग्गा एकीकरण योजनामा बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिइने जग्गा धनी मोहीहरूकोजग्गा फिर्तालाई निरन्तरता दिइने गुठी जग्गा कमाउने किसानहरूको समस्या समाधानको लागि निरन्तर पहल जारी राखिने गुनासोकर्ताहरूको निवेदनअनुसार गुनासो व्यवस्थापन उपसमितिमार्फत उचित निर्णय गरिनेछ

१०५. सार्वजनिक, पर्ति सरकारी जग्गा संरक्षण गरिने तथा ती जग्गाहरूलाई सार्वजनिक हितमा प्रयोगमा ल्याइने

१०६. हनुमन्त्ते खोलाको दायाँबायाँ करिडोर निर्माणलाई अगाडि बढाइने

१०७. हनुमन्त्ते खोला कासाङकुसुङ खोला सरसफाईमा ध्यान दिइने ती खोलाहरू सुधारको लागि आवश्यक बजेट व्यवस्था गरिने

१०८. भक्तपुर नगरपालिका वडा नं. व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको हस्तकला उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनमाल्याइने

१०९. भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गरी त्यसलाई घरेलु उत्पादनमा आधारित औद्योगिक ग्रामको रुपमा विकास गरिने

११०. भक्तपुर नगरभित्रका व्यवसायीहरूलाई सहजताका लागि सम्बन्धित पक्षहरूसँग समन्वय गरी ढक तराजु नवीकरणको व्यवस्थानगरपालिकाभित्रै गर्ने व्यवस्था मिलाइने

१११. नगरपालिकाले आन्तरिक आय वृद्धिलाई ध्यानमा राखेर करको क्षेत्र विस्तार गर्दै लगिनेछ

११२. विपदको समयमा जनतालाई सुरक्षित गर्न विपद प्रतिकार्य तथा विपद् व्यवस्थापन विशेष कार्यक्रमहरू संचालन गरिने

११३. घरदैलोमै कर सङ्कलन टोली खटाई कर संकलन गर्ने व्यवस्था मिलाइने

११४. करदाताहरूलाई कर बुझाउन सहजताका लागि क्यु आर कोडमार्फत अनलाइन राजस्व संकलनको व्यवस्था गरिने

११५. जी.पी.एस. प्रणालीसहित आधुनिक ठेगाना प्रणाली लागू गरिने

११६. नगरमा आन्तरिक बाह्य पर्यटकहरूको बृद्धिलाई ध्यानमा राखेर नगरका महत्वपूर्ण ठाउँहरूमा क्रमशः निःशुल्क वाइफाइकोव्यवस्था गरिने

११७. साहित्य सांस्कृतिक प्रतिष्ठान निर्माणको तयारी गरिने

११८. भक्तपुरका सम्पदा, वास्तुकलाको दृष्टिले भवन, टोल, पोखरी विभिन्न विषयको जानकारी दिने सूची पुस्तक तयार गरिने

११९. भक्तपुरमा सञ्चालित विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालहरूमा नगरबासी जनताको स्वास्थ्य उपचारमा पाइने छुटलाईकार्यान्वयन गराउन पहल गरिनेछ

१२०. विद्यालय क्षेत्र, त्यस वरपर सार्वजनिक क्षेत्रमा धुुम्रपान मद्यपान निषेध गर्ने नीति लिइने

१२१. नगरपालिकाको ख्वप टेलिभिजन सञ्चालन गरिने

१२२. अनलाइनमार्फत नक्सापास प्रकृया शुरु गरिने

१२३. उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखी बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिने

१२४. नागरिकहरू आवागमनलाई अवरोध हुने गरी व्यवसाय संचालन गर्नेहरूलाई कानुन बमोजिम कारवाही गरिने

१२५. युवाहरूलाई लागु औषधिको दुब्र्यसनबाट टाढा राख्न नियन्त्रण निषेधको नीति लिइने

१२६. अपाङ्ता भएकाहरूका लागि आवश्यकताअनुसार फिजियोथेरापी सेवा सञ्चालन गरिने


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545