Techie IT
मंगलबार, माघ २९,२०८१

प्राकृतिक प्रकोप उद्धारका लागि आधिकारिक ट्रेड युनियनको १० लाख सहयोग


दुई संस्थाले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले १० लाख र व्यापारिक समूह केडिया ग्रुपले १५ लाख रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोको चपेटामा परेका जनताका लागि रकम हस्तान्तरण गरेकामा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरे । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई तपाईंहरूले दिएको रकमले उद्धार र राहतमा ठूलो सहयोग पुग्छ’, उनले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।’

उनले अब सृजना र योगदानको समय आएको बताए । ‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’, उनले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।’ अब सृजनशील काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आधिकारिक ट्रेड युनियन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545