पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने निर्णय
सरकारले पूर्वगृहमन्त्रीको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने निर्णय लिएको छ । सुरक्षा थ्रेट नभएको अवस्थामा पनि पूर्वगृहमन्त्रीहरुले अघिपछि सुरक्षाकर्मी लगाएर हिँड्ने क्रमलाई गृहले रोक्ने भएको हो ।
गृहमन्त्रालयमा आयोजित सञ्चाकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा गृहसचिव प्रेमकुमार राई सबै पूर्वगृहमन्त्रीहरुको सुरक्षामा खटाइएका सशस्त्र र नेपाल प्रहरीका टोली फिर्ता गर्न लागिएको बताएका हुन्।
विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाएका सुरक्षाकर्मी अहिले फर्किएका छन्। केहीलाई सुरक्षा थ्रेटका आधारमा खटाइएको छ, राईले भने, केही नखटाउनुपर्ने ठाउँमा फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ। सबै पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुन लागेका छन्। गृहसचिव राईले कञ्चनपुरकी निर्मला पन्त ह त्याका ण्डको अहिले पनि छानबिन भइरहेको बताएका छन्।
उनले यो केश निरन्तर छानबिनका क्रममा रहेको स्पष्टीकरण दिए। त्रिभुवन विमानस्थलबाट भइरहेको सुन त स्करीको छानबिन प्रतिवेदन कार्यान्वयनमा गइरहेको उनले बताए। राईले सुन त स्करीमा मुछिएका व्यक्तिमाथिको सुनुवाइमा बदमासी गरेका अदालतका कर्मचारीमाथि पनि कारबाही भइरहेको जानकारी दिए।
सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउँदै समितिबाट कम्पनीमा ल्याएको उनले बताए। ट्रकहरूलाई पनि कम्पनीमा ल्याउने काम भइरहेको उनले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्