यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

काठमाडौँ, फागुन १५ गते । मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ ।
गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३४२ हजार रुपियाँ बराबरको ५०७ केजी निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सात महिनामा दोब्बरले यार्चागुम्बा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ । नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ । आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ । यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ ।
चीन, अस्टे«ेलिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ ।
विभागका अनुसार चालु आवको सात महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा चार करोड २० खाल रुपियाँ बराबरको ८४ किलो यार्चागुम्बा निर्यात भएको छ । यस्तै हङकङमा ३९९ केजी २६ करोड २४ लाखको निर्यात भएको छ । यार्चागुम्बा जडीबुटी, औषधी तथा महँगो किसिमको रक्सी बनाउनमा प्रयोग हुने गरेको छ । नेपालमा पाइने सात सयभन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधी यार्चागुम्बा पनि हो ।
हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्