संसदमा सांसद शाहीको कविता : दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमुख व्यक्तिले राजीनामा माग्न नपाउने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताउनुभएको हो ।
बालकुमारी घटनाबारे न्याय माग्दा आफ्नो राजीनामा मागिएको भन्दै उहाँले सरकारको विरोध स्वरुप कविता सुनाउनुभएको छ ।
सांसद शाहीले कवितामार्फत भन्नुभयो-
‘फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौ
दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ
थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने
रक्षक नै भक्षक भएपछि सम्माननीय सभामुख महोदय, न्याय खोज्न हामी कहाँ जाने ?
आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा
अपराधीलाई कारवाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ?
सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौ दबाऊ
दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्
र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ’
वर्तमान व्यवस्था अपरिवर्तनीय नभएको भन्दै शाहीले सत्तापक्षका नेताहरुलाई संविधान पढ्न आग्रह पनि गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #संसदमा सांसद शाहीको कविता : दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्