महिला आयोग नारायणहिटी सर्दैन : अध्यक्ष पराजुली

काठमाडौं, माघ २९ गते । राष्ट्रिय महिला आयोग नारायणहिटी नसर्ने भएको छ । आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले नारायणहिटी पीडित महिला मैत्री नहुने भएकाले त्यहाँ नसर्ने जानकारी दिनुभएको हो । साथै उहाँले सो को उपयुक्त विकल्प खोजी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभाग भवनमा राष्ट्रिय महिला आयोगको कार्यालय व्यवस्थापन गर्न सहरी विकास मन्त्री सीता गुरुङले २०८० असोज २१ गते निर्णय गर्नुभएको थियो । सो निर्णयको तोक आदेश बमोजिम उक्त स्थानको सुपरिवेक्षण गरी सबै पक्षबाट अध्ययन गर्दा ऐतिहासिक संरक्षण क्षेत्रभित्रको भवन भएकाले कडा सुरक्षा व्यवस्था भएको, गेटबाट भित्र प्रवेश गर्ने प्रत्येक व्यक्तिले परिचय पत्र देखाउनुपर्ने, बिहान ७ देखि साँझ ६ बजेसम्म मात्र त्यहाँ प्रवेश र आवत–जावत गर्न सकिने, अन्य समय आपत्कालीन अवस्थामा पनि प्रवेश निषेध हुने, एउटै परिसर भित्र भवनमा धेरैवटा कार्यालय रहेको र सो प्रवाहका लागि आवश्यक सेवामैत्री वातावरण नभएको अध्यक्ष पराजुलीको भनाइ छ ।
तसर्थ राष्ट्रिय महिला आयोगबाट २४ सै घण्टा हिंसा पीडित महिलालाई गोपनीयता कायम राख्दै सुरक्षित वातावरणमा आपत्कालीन सेवा प्रवाह गर्नुपर्ने भएको हुँदा उक्त स्थान पीडित महिलामैत्री नहुने कुरा ठहर गरिएको छ ।
यसैगरी, यही माघ २३ गते राष्ट्रिय महिला आयोग नारायणहिटी सर्ने निर्णय पीडित महिला मैत्री नहुने भएकाले आयोगले सोको उपयुक्त विकल्प खोजी गरी नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय’ गरिएको जानकारी उहाँले दिनुभयो ।
आयोगको कार्यालय स्थापनाकालदेखि राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले महिलाको हक, हित र अधिकारलाई संरक्षण र संवर्द्धन गर्दै महिला सशक्तीकरण तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभावलाई निर्मूल गरी लैङ्गिक न्याय सुनिश्चित गर्न सघाउ पुर्याउने उद्देश्यले २०५८ साल फागुन २३ गते महिला आयोगको स्थापना गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कमला कुमारी पराजुली, #महिला आयोग नारायणहिटी सर्दैन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्