Techie IT
आईतबार, चैत्र ९,२०८१

अविरल वर्षाको कारण देशभर २१ जनाको मृत्यु


काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म खोटाङ, भोजपुर, काभ्रे, काठमाडौं, ललितपुर, पर्सा, बारालगायतका जिल्ला गरी २१ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३÷३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् । 

बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न ठाउँबाट अलपत्र परेका ५० जनाको रेस्क्यू गरिएको छ । 


क्याटेगोरी : समाचार
ट्याग : #अविरल वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545