Techie IT
बिहीबार, फागुन १,२०८१

…जब एसपी मदिराले मातेर गलवन्दी भन्दै डीआईजीकै भण्डाफोरमा गीत पनि गाइदिए


काठमाडौँ, २० असार ।गोरखा प्रहरी प्रमुख एसपी भोला  रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई बुधबार आमाचकारी गाली गरेका हुन् । एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्न आदेश दिन डिआइजी घिमिरेले पटक पटक फोन गरेपनि रावलले उठाएनन् ।

सञ्चारमा आएको आदेशपछि रावलले घिमिरेलाई फोन गरे । तर, अशिष्ट रुपमा प्रकट ए । गलवन्दी भन्दै एसपी रावलले डीआईजीकै भण्डाफोरमा गीत पनि गाइदिए । आमाचकारी गाली पनि गरे । आमाचकारी गाली केहीबेर सुनेपछि घिमिरेले थप सुन्न नसकेर फोन काटिदिए ।

एसपी रावलले मदिराले मातेर गाली गरेको पाइएको छ । उनी कार्यालय समयमा मदिराले मात्तिएर बसेका थिए । एसपी रावल धेरै दिनदेखी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा थिएनन् । सामान्यतया जिल्ला प्रमुखले प्रदेश प्रमुखलाई हरेकदिनजसो रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।

रावलले तथानाम गाली गरेपछि प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्ले नेतृत्वको टोलीलाई गोरखा पठाईएको थियो । वाग्ले जिल्ला अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोली लिएर बुधबार दिउँसो करिब साढे ३ बजे एसपीको निवासमा पुगे । डाक्टरले मापसे जाँच गरेपछि एसएसपी वाग्ले रिपोर्ट लिएर पोखरा फर्किएका थिए ।

मदिरा सेवनका कारण एसपी रावल पटक पटक विवादमा आइरहन्छन् । यसअघि डिएसपी हुँदा पनि उनी विवादमा तानिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एसपी मदिराले माते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545