आफ्नै आमाको हत्या गर्न छाेरीले दिइन १२ लाख रुपैयाँको सुपारी
काठमाडाैँ, १६ असार । भक्तपुरमा आफ्नै छाेरीले आमाको हत्या गराएको खुलेकाे छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको हो ।
हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
भट्टराईलाई भक्तपुर, नौसादलाई धादिङ र भोला कुमार तथा मोहम्मद रहिशलाई मकवानपुरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी ईश्वरीको घरमा आएकी ६१ वर्षीया सावित्री भट्टराईको आइतबार बिहान घाँटी रेटेर हत्या भएको थियो।
ईश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय ‘अर्जुन कुमार’ भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आफ्नै आमाको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्