तारकेश्वर नगरपालिकामा अवस्थित कुन्चिप्वाकलमा अवैध गाँजा बालाजु प्रहरी द्धारा नष्ट
काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकामा अवस्थित कुन्चिप्वाकलमा अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बाल नरसिंह राणाले कुन्चीपखलमा ५५० रोपनी जग्गामा लगाइएको गाँजा फडानी गरेको बताए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५५० रोपनीमा लगाइएको गाँजा खेती तारकेश्वर नगरपालिका वडा नम्बर १ र प्रहरीको संयुक्त टोलीले फडानी गरेको वृत्तका प्रमुख राणाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अवैध गाँजा






तपाईको कमेन्ट लेख्नुहोस्