समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपालटार एरीयाको खोला सफाई
तारकेश्वर काठमाडौ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिहान नेपालटार एरियाको बिष्णुमती खोला किनाराको सडक सरसफाई गरिएको छ ।
महानगरिय प्रहरी बृत बालाजुबाट खटिएको प्रहरी टोली, लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजालका पदाधिकारीहरु, नेपाली सेना, सृजनशिल तथा उर्जाशिल योगा केन्द्रका पदाधिकारीहरु लगायत स्थानिय मानिसहरु र विभिन्न स्थानिय क्लबहरुको सक्रियतामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार एरीया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्