एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

पाकिस्तान। इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगेका छन् ।
खैबर पख्तुनख्वा प्रान्तको तोर्खममा पाकिस्तानको सबैभन्दा व्यस्त सीमाविन्दुमा अधिकारीहरूले सात किलोमिटरसम्म फैलिएको २८ हजार मानिसको लाइनलाई हटाउन बिहीबार बिहानै काम गरेका थिए ।
त्यसपछि सीमामा यातायात सहज भएको छ । प्रहरीले खोजी अभियान सुरु गरेका कारण अधिकारीहरूले कागजातविहीन अफगानहरूलाई स्वेच्छाले जान प्रोत्साहन गरेका छन् ।
सीमावर्ती जिल्लाका डेपुटी कमिश्नर अब्दुल नासिर खानले भन्नुभयो, “समय सीमा समाप्त भएकाले अवैध अफगानीहरू ठूलो सङ्ख्यामा तोर्खमा पुगेका छन्, मानिसहरू अहिले पनि स्वेच्छाले फर्किन सक्छन् तर आज सीमामा एक हजार मात्र उपस्थित छन् ।”
खैबर पख्तुनख्वा प्रान्तबाट एक लाख २९ हजार मानिस भागेको प्रान्तीय गृह विभागले जनाएको छ । त्यहाँको सीमा अधिकारीहरूले ३८ हजार एक सय मानिस बलुचिस्तानको चमन हुँदै आएको बताएका छन् ।
हालैका दशकमा हिंसात्मक सङ्घर्षका क्रममा भागेर लाखौँ अफगानीहरू पाकिस्तान आएका छन् । तीमध्ये सन् २०२१ अगस्टमा तालिबान सरकारले सत्ता कब्जामा लिएर कठोर इस्लामी कानून लागू गरेपछि करिब छ लाख मानिस रहेका छन् । एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्