भारतमा रेल दुर्घटनामा मृत्युहुनेको सङ्ख्या १३ पुग्यो

भारत। भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भन्नुभयो, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताउनुभएको थियो ।
“उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिनुभयो । “सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फँसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्ध र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
“हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए । एएनआई
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #भारतमा रेल दुर्घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्