धादिङको वेनीघाटमा पहिरो , हजारौं यात्रु अलपत्र
धादिङ, २४ जेठ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जिल्लाको वेनीघाटमा सडक अवरुद्ध भएको छ ।
धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर १० वेनीघाट नजिकै सडकमा पहिरो खसेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटो समेत बन्द भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot






तपाईको कमेन्ट लेख्नुहोस्