दाङको तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला

दाङ। दाङको तुलसीपुरमा श्रीमान् श्रीमतीको शव फेला परेको छ ।
शनिवार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र अन्दाजी २१ वर्षीय पवित्रा डाँगी भण्डारीको शव फेला परेको प्रहरीले बताएको छ ।
सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव बेडमा फेला परेको हो । पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले जानकारी दिएको छ।
सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भई भण्डारी दम्पती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडा लिई मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।
प्रमुख केसीका अनुसार श्रीमान् श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुन्डिएको अवस्थामा र एक जनाको शव बेडमा फेला पारेको हो । श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशङ्का छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्