बैद्यखानास्थित एउटा घरको कोठाभित्र बम विस्फोट ,क्रान्तिकारीका अध्यक्ष पक्राउ
काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानास्थित एउटा घरको कोठाभित्र बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।
बम विस्फोटमा परेर अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको अनेरास्ववियु क्रान्तिकारी त्रिचन्द्र क्यापसका ईकाइ अध्यक्ष रविन केसी रहेका छन् ।
बम बिस्फोटमा परेर मृत्यु भएका व्यक्तिको पहिचान हुन सकेको छन । बम बिस्फोट भएपछि तीन जना व्यक्ति फरार भएका छन् ।
घरको कोठामा बम बिस्फोट हुँदा माथिबाट खसेको दलिनले थिचेको छ । शवलाई प्रहरीले उद्धार गर्ने कार्य गरिरहेको छ ।
नेपाली सेनाले बम बिस्फोट भएको घरलाई रेखी हालेर अनुसन्धान शुरू गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्