Techie IT
शुक्रबार, फागुन २,२०८१

बैद्यखानास्थित एउटा घरको कोठाभित्र बम विस्फोट ,क्रान्तिकारीका अध्यक्ष पक्राउ


काठमाडौं, १२ जेठ । काठमाडौंको बैद्यखानास्थित एउटा घरको कोठाभित्र बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परेर अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको अनेरास्ववियु क्रान्तिकारी त्रिचन्द्र क्यापसका ईकाइ अध्यक्ष रविन केसी रहेका छन् ।

बम बिस्फोटमा परेर मृत्यु भएका व्यक्तिको पहिचान हुन सकेको छन । बम बिस्फोट भएपछि तीन जना व्यक्ति फरार भएका छन् ।

घरको कोठामा बम बिस्फोट हुँदा माथिबाट खसेको दलिनले थिचेको छ । शवलाई प्रहरीले उद्धार गर्ने कार्य गरिरहेको छ ।

नेपाली सेनाले बम बिस्फोट भएको घरलाई रेखी हालेर अनुसन्धान शुरू गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545