Techie IT
आईतबार, वैशाख २८,२०८२

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना दुई जनाको मृत्यु


सल्यान । सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तरकारी बोकेको जीप दुर्घटनामा मृत्यु भएका दुई जना गाडी धनी र चालक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनामा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अर्का एकजना गम्भीर घाइते छन् । तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाइ उपचारको लागी दाङ लगिएको छ ।

सोमबार विहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोरखोला नजिकै जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जीप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:15 am6:44 pm +0545