जगतमर्दन थापाको आत्मकथा सँगालो ‘कर्मशील जीवन यात्रा’ को लोकार्पण

वरिष्ठ गायक, गीतिसर्जक एवं कथाशिल्पी जगतमर्दन थापाको आत्मकथा सँगालो
‘कर्मशील जीवन यात्रा’ को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ समालोचक, कवि
प्रा।डा। मोहनहिमांशु थापाले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
प्रा।डा। थापाले उक्त कृतिमाथि टिप्पणी गर्ने क्रममा भने, ‘कतै गाथा, कतै
अनुभव समेटिएको यो पुस्तक विशुद्ध र कलात्मक आत्मकथाको रुपमा आएको छ ।’
सोही कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले लेखकसँग जोडिएका
पुराना संस्मरण सुनाएका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीले भने,
‘विगत ५–६ वर्षयता नेपाली बजारमा जेजति आत्मकथाका पुस्तकहरु आएका छन्,
त्यसमा लेख्नेहरुले आत्मकथा नभएर आत्मप्रशंसा लेखेका पाइन्छन् । तर थापाले
भने धेरै इमानदारितापूर्वक आफ्नो कुराहरु लेखेका छन् ।’ लेखक थापाले पनि
आफ्नो मन्तव्यको क्रममा भने, ‘अरु मानिसका पुस्तक पढ्दा अन्य व्यक्तिलाई
धेरै नै निन्दा गरेको पाइन्छ तर म भने अरुको निन्दा गर्ने कार्यबाट बँचेको
छु ।’
विमोचित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ लेखक एवं चलचित्र
निर्देशक प्रकाश साय्मिले भने, ‘पछिल्लो समय आत्मकथा लेखन फेसनकै रुपमा
चलेको छ । तर, उम्दा आत्मकथा भने कमै पढ्न पाइन्छन् । थापाको यो आत्मकथाले
भने आत्मकथाको इज्जत जोगाएको छ ।’ उनले थपे, ‘नेपाली गीत–संगीत क्षेत्रमा
आएका आरोह–अवरोहलाई बुझ्नुपरे यो पुस्तक पढ्दा सहयोग पुग्नेछ ।’
सो कार्यक्रममा बोल्दै भुँडीपुराण प्रकाशनको प्रबन्ध निर्देशक केशवप्रसाद
पराजुलीले पठन संस्कृतिको विकास नभएको हुँदा स्थानीय तहले पुस्तकालय
स्थापना गरेर पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने बताए । सो कार्यक्रममा
पुस्तकका प्रकाशक मोहितमर्दन थापाले स्वागत मन्तव्य राखेका थिए भने
स्वास्थ्यकर्मी भगवती थपलियाले पनि आफ्नो मन्तव्य राखेकी थिइन् । सो
पुस्तकको सम्पादन पत्रकार/साहित्यकार विवश वस्तीले गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्मशील जीवन यात्रा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्